एमाले राष्ट्रिय कार्यकर्ता भेला आज सकिदै

५ असार २०६९, मंगलवार ०९:३७ मा प्रकाशित


काठमाडौ, ५ जेठ । राजनीतिक र संवैधानिक निकासको स्पष्ट बाटो पहिल्याउँदै हिजोदेखि सुरु भएको नेकपा एमालेको राष्ट्रिय कार्यकर्ता भेला आज सकिदैछ । आजको भेलामा संविधानसभा विघटन, एमालेले लिएको नीति, पार्टीको आन्तरिक विवादका विषयमा कार्यकर्ताहरुले धारणा राख्ने कार्यक्रम आज पनि जारी रहनेछ । हिजो अध्यक्ष झलनाथ खनालले पेश गर्नु भएको राजनीतिक प्रस्ताव माथि कार्यकर्ताहरुले धारणा राखेपछि पार्टीका तर्फबाट अध्यक्ष खनाल, बरिष्ठ नेता माधवकुमार नेपाल र केपी शर्मा ओलीले जवाफ दिनुहुनेछ । कार्यकर्ताको सुझाव र नेताहरुको जवाफ सकिएपछि भेलाले राष्ट्रिय राजनीति र पार्टीभित्रको विवाद मिलाउ केन्द्रीय समितिमा स्पष्ट मार्गचित्र पेश गर्ने नेता कृष्णगोपाल श्रेष्ठले जानकारी दिनुभयो । भेलाले दिएका सुझावलाई केन्द्रीय समिति बैठकले थप छलफल गरेर अनुमोदन गर्ने श्रेष्ठले बताउनुभयो । एमालेका असन्तुष्ट मधेसी र जनजाति नेताहरुले आज पनि भेलामा सहभागि नहुने बताएका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । कर्मचारी समायोजनसम्बन्धी विवादमा सर्वोच्च अदालतको फैसला सार्वजनिक भएसँगै लोकसेवा आयोगलाई सम्पूर्ण परीक्षा सञ्चालन गर्न बाटो खुलेको छ ।

काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रदीप गिरीको निधन भएको छ । क्यान्सर रोगबाट पीडित नेता गिरीको आज राति ९:३० बजे

काठमाडौँ । देशभर आंशिकदेखि सामान्य बदली रही तीन प्रदेशमा भारी वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका

काठमाडौँ । काठमाडौँको बालाजुमा रहेको जुत्ता कारखानामा आगलागी भएको छ ।काठमाडौँ महानगरपालिका–१६ बालाजु बाइपास नजिकको एक घरमा केहीबेर अगाडि आगलागी