नेदरल्यान्ड्समा जारी ट्वान्टी–२० क्रिकेटः नेपाल १८ रनले पराजित

१८ असार २०७२, शुक्रबार ०९:४९ मा प्रकाशित

काठमाडौँ, १८ असार । नेदरल्यान्ड्समा जारी नेपाल र नेदरल्यान्ड्सबीचको चार म्याचको ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृङ्खलाअन्तर्गत हिजो साँझ खेलिएको तेस्रो खेलमा नेदरल्यान्ड्सले नेपाललाई १८ रनले पराजित गरेको छ । जितका लागि १५० रनको चुनौती पाएको नेपालले २० ओभर खेल्दै ९ विकेटको क्षतिमा १३१ रन मात्र बनाउन सकेको थियो । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा ६ विकेट गुमाई १४९ रन बनाएको थियो ।

यो हारसँगै नेपालले चार खेलको शृङ्खला ३–० ले गुमाएको छ । अब अन्तिम एक खेल मात्र खेल्न बाँकी छ । शेपालका तर्फबाट कप्तान पारस खड्का (३६), शरद भेसवाकर (२४), प्रदीप ऐरी (१८), ज्ञानेन्द्र मल्ल (१७) र सुवास खकुरेल (१४) ले योगदान दिनुबाहेक अन्य खेलाडी दोहोरो अङ्कको रनसमेत बटुल्न सकेका थिएनन् ।

नेपालका करण केसीले दुई, सागर पुन, वसन्त रेग्मी र शक्ति गौचनले एक/एक विकेट लिएका थिए । नेपाली टोलीमा कप्तान पारस खड्कासहित ज्ञानेन्द्र मल्ल, सुवास खकुरेल, विनोद भण्डारी, शरद भेसवाकर, सागर पुन, शक्ति गौचन, सोमपाल कामी, प्रदीप ऐरी, वसन्त रेग्मी र करन केसी रहेका थिए । रासस

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । संयुक्त राष्ट्रसंघको विकास नीतिसम्बन्धी समितिले नेपाललाई अति कम विकसित राष्ट्रबाट स्तरोन्नति गर्न सिफारिस गरेको छ । फागुन १०

काठमाडौं । पूर्वमन्त्री कुबेर शर्माको निधन भएको छ । २०५९ सालमा पर्यटनमन्त्री भएका शर्माको ८४ वर्षको उमेरमा शुक्रबार काठमाडौंमा निधन

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा संसदीय दलका नेता केपी शर्मा ओलीले दलको प्रमुख सचेतकमा विशाल भट्टराईलाई नियुक्त गरेका छन् ।

काठमाडौं । सत्तारुढ दलभित्र खटपट चरमोत्सर्गमा पुगेका बेला सरकारले ठूलो संख्या प्रमुख जिल्ला अधिकारी (प्रजिअ) सरुवा गरेको छ । गृह