
काठमाडौँ, १७ असार । धान दिवसका अवसरमा काठमाडौँको मूलपानीमा आयोजित रोपाइँ कार्यक्रममा सहभागी हुने क्रममा महिलामाथि दुर्व्यवहार गरेको आरोपमा विवादमा आउनुभएका कृषिमन्त्री हरिप्रसाद पराजुलीले अन्ततः पदबाट राजीनामा दिएका छन् ।
पराजुलीले बिहीबार बिहान एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोट पुगेर राजीनामा बुझाएपछि प्रधानमन्त्रीलाई राजीनामा बुझाएका हुन् ।
संसद्, समाजिक सञ्जालदेखि सर्वसाधारण र सडकमा समेत मन्त्री पराजुलीका गतिविधिप्रति चर्को अलोचना भएपछि पार्टीेगत रूपमा नै कृषिमन्त्री पराजुलीलाई राजीनामा दिन दबाब सिर्जना भएको थियो ।
मन्त्री पराजुलीले भने वदनियत राखेर आफूले दुर्व्यवहार नगरेको दावी गरे पनि आफ्नै पार्टी र महिला अधिकारकर्मीेको समेत चर्काे दबाब र आलोचनापछि उनले पदबाट राजीनामा दिएका हुन् ।
प्रतिक्रिया
सम्बन्धित खवर
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले अविश्वास प्रस्तावबाट आफूलाई हटाएर देखाउन चुनौती दिएका छन् । उनले प्रतिनिधि सभा विघटन गर्ने
काठमाडौ । न्यायाधीशकी श्रीमती ब्राउन सुगरसहित पक्राउ परेकी छिन् । उच्च अदालत सुर्खेतका न्यायाधीश मदन पोखरेलको श्रीमती तुलसीपुर उपमहानगरपालिका–५ निवासी
चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका सोमबारदेखि पुनःसञ्चालन हुने भएको छ । चीनमा वसन्त उत्सव समाप्त भएसँगै ल्होसारदेखि बन्द रहेको केरुङ नाका
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सर्वोच्च अदालतमा लिखित जवाफ पेश गरेका छन् ।