विभाजित नेकपा, माओवादीले आज आफ्नो कार्यदिशा सार्वजनिक गर्दै

५ असार २०६९, मंगलवार ०९:३० मा प्रकाशित

काठमाडौं, ५ असार । एकीकृत नेकपा माओवादीबाट छुट्टिएर बनेको नेकपा, माओवादीले आज आफ्नो कार्यदिशा सहितको आगामी रणनीति सहित पार्टी फुटेको औपचारीक घोषणा गर्दैछ । मोहन वैद्य किरण अध्यक्ष रहेको नेकपा, माओवादीले आज दिउँसो पत्रकार सम्मेलन गरि पार्टी विभाजनको कारण र नयाँ पार्टीको योजना सार्वजनिक गर्ने जनाएको छ । माओवादी पोलिटब्युरो सदस्य धमेन्द्र वास्तोलाले तीनदिन सम्म चलेको भेलाको निस्कर्षसहित आगामी रणनीति सार्वजनिक गर्ने जानकारी दिनुभयो । वैद्य पक्षले राष्ट्रवादीहरुसँग सहकार्य गरेर विचार मिल्नेहरुका बीचमा एकता गरेर नयाँ मोर्चा बनाउने लक्ष्य लिएको छ । सस्थापन पक्षले पार्टी नीति छाडेकाले नयाँ पार्टी खोल्नुपरेको निस्कर्ष निकालेको वैद्य पक्षले माओवादी संस्थापनसँग एकताका लागि भने ढोका खुल्लै राखेको छ । आज दिउँसो एक बजे काठमाण्डुको प्रज्ञा भवनमा पत्रकार सम्मेलन गरिने वास्तोलाले बताउनुभयो । नेकपा, माओवादीको अध्यक्षमा वैद्य, महासचिवमा रामबहादुर थापा बादल, सचिवमा सीपी गजुरेल रहेको ४५ सदस्यीय केन्द्रीय समिति बनाइएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

बुटवल । गत शुक्रबारबाट सम्पर्कविहीन भएकी लुम्बिनी प्रदेशसभा सदस्य विमलाकुमारी खत्री वलीको अदृष्य स्थानबाटै प्रेस विज्ञप्ति बाहिर आएको छ ।

जनकपुरधाम । महोत्तरीको लोहरपट्टी नगरपालिका ७ भ्रमरपुराकी २६ वर्षीया सुजिता ठाकुर हत्या मुद्दामा उनका बुबासहित थप तीनजनालाई प्रहरीले पक्राउ गरेको

काठमाडौं । दार्चुलाको महाकाली नदीमा व्यास गाउँपालिका–२ का जयसिंह धामी बेपत्ता भएको घटनालाई लिएर युवा संघले काठमाडौंस्थित भारतीय राजदूतावासको कार्यालय

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका कारण देशमा राजनीतिक संकट उत्पन्न भएको आरोप