उद्योग वाणिज्य महासङ्घको अध्यक्षमा मुरारका निर्बिरोध निर्वाचित

१६ असार २०७२, बुधबार २२:१७ मा प्रकाशित

काठमाडौँ, १७ असार । नेपाल उद्योग वाणिज्य महासङ्घको अध्यक्ष पदमा ब्यापारी पशुपति मुरारका निर्बिरोध निर्वाचित भएका छन् ।

अध्यक्षका प्रत्यासी भास्कर राजकर्णिकार र भवानी राणाले उम्मेदवारी फिर्ता लिने निर्णय गरेपछि मुरारका निर्बिरोध अध्यक्ष हुने भएका हुन् । राजकर्णिकारले मङ्गलबार उम्मेदवारी फिर्ता लिएका थिए भने राणाले बुधबार पत्रकार सम्मेलन गरी महासङ्घको एकताका लागि उम्मेदवारीबाट फिर्ता लिएको बताएकी थिइन् ।

महासङ्घका अध्यक्ष प्रदीपजङ्ग पाण्डे भ्रष्टाचार मुद्दामा मुछिएपछि महासङ्घ नेतृत्वविहीन भएको थियो । आगामी २१ महिनाको कार्यकालका लागि यस विशेष साधारणसभाले मुरारकालाई औपचारिक रुपमा अध्यक्ष बनाउनेछ । महासङ्घमा ९३ वटा जिल्ला नगर उद्योग वाणिज्य सङ्घ छन् । ९६ वस्तुगत सङ्घ छन् । त्यस्तै ६३५ एसोसिएट र २० अन्तर्राष्ट्रिय सङ्घ छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । सरकार र विप्लव समूहबीचको औपचारिक वार्ता आजदेखि सुरु भएको छ । आज बिहान दुवै समूहको पहिलो चरणको औपचारिक

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल-नेपाल समूहले आज बुधबार दिनभर बैठकैबैठक राखेका छन् । कसरी अघि बढ्दा प्रधानमन्त्री ओलीलाई

वर्षौँदेखि कालीगण्डकी नदीको अवैधरूपमा दोहन हुँदै आएको छ । देश सङ्घीयतामा गइसकेपछि गण्डकी प्रदेश सरकारले नदीजन्य पदार्थको उत्खनन तथा निकासी

टीकापुर । सन्तानको रहर पुगेकाहरुका लागि सञ्चालन गरिएको स्थायी बन्ध्याकरण शिविरमा दुई दिनमा ४६ जनाले सेवा लिएका छन् । पहिलो