विशाल टोरोन्टोमा हेरिटेजको धार्मिक गतिविधि शुरु

४ असार २०६९, सोमबार २०:२४ मा प्रकाशित

गोविन्द सिंह रावत, क्यानडा । गत वर्ष केही स्वयम् सेवकहरुको अथक प्रयासबाट स्थापना भएको र हाल रजिष्ट्रेसनको लागि पठाइएको नेपालीज क्यानेडियन हेरीटेज सेन्टरले गत वर्ष झै यस वर्ष पनि नेपाली बाबाको आगमनमा ब्राह्म्टन र टोरोन्टोमा पूजा सम्पन्न गरेको छ ।
दुवैतिर विशाल जनसमुदायको उपस्थितिमा नेपाली बाबाले विधिपूर्वक विन्ध्यावासिनी माताको पुजा सम्पन्न गर्दै भक्तजनहरुलाई आफ्नो प्रवचनबाट हिन्दु धर्मको महिमा र विशेषताका बारेमा मधुवाणी सुनाउनु भयो । प्रदिप बास्कोटाको बाँसुरीको मंगलधुनबाट शुरु भएको कार्यक्रममा धर्मदास बुढाथोकीको भजनले वातावरणलाई नै भक्तीमय बनाइदिएको थियो ।
कार्यक्रममा कृष्ण रेग्मी, श्लेषा शर्मा, श्रीमती अरोराले भजनलाई साथ दिएका थिए । ब्राह्म्टनको पूजा कार्यक्रमका लागि स्वयम् सेवकहरुले स्वेच्छाले आर्थिक सहयोग गरेका थिए भने टोरोन्टोको पूजा कार्यक्रमका लागि यहाँका प्रतिष्ठित व्यापारी गणेश खत्री र यम खत्रीले आर्थिक सहयोग गर्नु भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

लण्डन । बेलायतमा लामो समयदेखि बस्दै आउनुभएकी कवयित्री प्रतिभा केसी यस वर्ष अनेसास सुप्रमा इप्रमा पुरस्कारबाट सम्मानित हुनुभएको छ ।

लन्डन । नेपाल पत्रकार महासङ्घ (एफएनजे) युके शाखाले एक समारोहबीच पत्रकार श्रीभक्त खनाललाई यस वर्षको ‘एफएनजे युके वर्ष पत्रकारिता पुरस्कार’

काठमाडौँ । नेपाली काँग्रेस केन्द्रीय तरुण विभागको डेनमार्क शाखा प्रमुखमा काभ्रेका प्रदिप तिवारी मनोनयन हुनु भएको छ । आठ वर्षदेखि

अमेरिकाको टेक्सास राज्यस्थित युलेस सिटी काउन्सिल मेम्बरमा नेपाली मूलका टीका पौडेल विजयी हुनुभएको छ । स्थानीय समयानुसार शनिबार राति सम्पन्न