मध्यरातिसम्म संविधानसभाको बैठक बस्न सकेन, एमाओबादी किचलोका कारण संबिधान निर्माण प्रक्रिया अबरुद्ध

१५ असार २०७२, मंगलवार ००:४२ मा प्रकाशित

काठमाडौँ, १५ असार । एमाओबादीको किचलो र बखेडाका कारण राति ९ बजेका लागि तय गरिएको संविधानसभाको बैठक अबेर राति सम्म बस्न सकेको छैन । एमाअाेवादी र मधेसवादी दलले सहमति भैसकेका मुद्धामा समेत बोलि फेरेर किचलो र बखेडा निकालेर विराेधकाे लागि बिरोध सुरु गरे पछि संविधानसभाकाे बैठक मध्यरातिसम्म बस्न नसकेको हो । संविधानसभामा पेश गर्नुपर्ने मस्याैदामा एमाअाेवादीले हस्ताक्षर गर्न नमानेपछि बैठक बस्न नसकेकाे हाे । संविधान मस्यौदा समितिले तयार पारेको एकीकृत मस्यौदामा बाँकी रहेका विवाद समाधान गर्न समय लागेका कारण संविधानसभाको बैठक सारिएको संविधानसभा सचिवालयका सचिव मुकुन्द शर्माले जानकारी दिएका छन् । संविधानसभाको बैठक यसअघि आज अपराह्न ३ बजेका लागि तय गरिएकामा मस्यौदामा बाँकी रहेका केही विषयमा सहमति हुन नसकेको भन्दै पुनः ७ बजे र त्यस पछि ९ बजेको लागि निर्धारण गरिएको थियो । सोमबार बिहान ११ बजे संविधानसभा अध्यक्ष सुवास नेम्वाङलाई मस्यौदा समितिका सभापति कृष्णप्रसाद सिटौलाले मस्यौदा बुझाउने कार्यक्रम तय भए पनि एमाअाेवादी र मधेसवादी दलले सहमति भैसकेका मुद्धामा समेत बोलि फेरेर किचलो र बखेडा निकालेर विराेधकाे लागि बिरोध सुरु गरे पछि अबेर राति सम्म प्रतिवेदन बुझाइएको छैन । समितिले पारित गरेको मस्यौदामा एमाअाेवादी र मधेसवादी दलले सहमति भैसकेका मुद्धामा समेत बोलि फेरेर किचलो र बखेडा निकालेर विराेधकाे लागि बिरोध सुरु गरे पछि छलफलको समय लम्बिएको हो । समितिले तयार पारेको प्रतिवेदनमा रहेका विवादित शब्द मिलाउन प्रमुख दलका शीर्ष नेताका साथैे दोस्रो तहका नेता द्विपक्षीय तथा बहुपक्षीय छलफलमा व्यस्त छन् । सभासद् भने बैठकको पर्खाइमा संविधानसभा भवन नयाँ बानेश्वरमा छन् । दलबीच बहुलवाद, धार्मिक स्वतन्त्रता । एमाअाेवादी र मधेसवादी दलले सहमति भैसकेका मुद्धाहरु धर्मनिरपेक्षता, नागरिकता, पिछडिएका र सीमान्तकृत वर्गका विशेष संरचनालगायत विषयमा किचलो गरिरहेको बुझिएको छ । विवादित विषयमा सहमति जुटाउनका लागि अबेर राति सिंहदरबारमा प्रमुख दलको दोस्रो तहका नेता छलफल गरिरहेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

गुल्लरिया । बर्दियाको बाँसगढी नगरपालिकामा एकै दिन चार बालिका बलात्कारको शिकार भएका छन् । १४ वर्षीय एक किशोरले एकै दिन

बैतडी । नेपाल र भारत जिल्लास्तरीय सीमा सुरक्षा समन्वय समितिको बैठक बिहीबार सम्पन्न भएको छ । बैठक भारतको झुलाघाटमा सम्पन्न

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–४ फापरखेतमा बिहीबार राति भएको जिप दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने चार घाइते भएका

काठमाडौं । सर्वोच्च अदालतले संसद विघटन बदर गरेपछिको अवस्थामा छिमेकी मुलुकले पनि चासो देखाउन थालेका छन् । नेपालमा भएको राजनीतिक