एमालेको असहमतिका बाबजुद नयाँ संबिधानमा नेपाली नागरिकताको निरन्तरता सुनिश्चित

१३ असार २०७२, आईतवार २२:४८ मा प्रकाशित

काठमाडौं, १३ असार । सत्तारुढ दल एमालेको असहमतिका बाबजुद गैर आवासीय नेपालीहरुले अब बन्ने नयाँ संविधानमा राजनीतिक अधिकार बाहेकको गैरआवासीय नेपाली नागरिकता पाउने भएका छन् । संबिधान निर्माण प्रक्रिया सुरु भए देखिनै गैरआवासीय नेपालीलाई नागरिकता दिने बिषयमा असहमति राख्दै अाएको एमालेको असहमतिका बाबजुद काँग्रेस महामन्त्री कृष्ण सिटौलाले आइतबार प्रस्तुत गरेको नयाँ संविधानको अनुमोदित मस्यौदामा गैरआवासीय नेपालीहरुलाई राजनीतिक अधिकारविहीन नागरिकता दिने प्रावधान समेटिएको हो । आइतबार काँग्रेस महामन्त्री कृष्ण सिटौला संयोजक रहेको संविधान मस्यौदा समितिको वैठकले नयाँ संविधानको एकीकृत मस्यौदामा गैर आवासीय नेपालीहरुलाई राजनीतिक अधिकारविहीन नागरिकता दिने प्रावधान समेटर पारित गरेको छ । बैठकमा काँग्रेस महामन्त्री एवं मस्यौदा समितिका सभापति कृष्ण सिटौलाको कार्यदलले तयार पारेको एकीकृत मस्यौदा समितिका सदस्यहरुले दिएको सुझाव अनुसार परिर्माजन गरी अनुमोदन गरिएको थियो । आइतबार पारित एकीकृत मस्यौदा चार दलका शीर्ष नेताहरुसंगको परामर्श पछि सोमबार संविधानसभामा पेश गरिनेछ । नयाँ संविधानको मस्यौदा अनुसार गैरआवासीय नेपालीहरुले नयाँ संबिधान जारी भए लगत्तै राजनीतिक अधिकार बाहेकको नेपाली नागरिकताको प्रमाण पत्र पाउनेछन् । काँग्रेस महामन्त्री एवं मस्यौदा समितिका सभापति कृष्ण सिटौलाका अनुसार एमालेको असहमतिका बाबजुद  गैर आवासीय नेपालीहरुले अब बन्ने नयाँ संविधानको मस्यौदामा राजनीतिक अधिकार बाहेकको गैरआवासीय नेपाली नागरिकता समेटिएको  छ । नयाँ संविधानको एकीकृत मस्यौदाको धारा १९ मा गैरआवासीय नेपाली नागरिकता प्रदान गर्ने सम्वन्धी व्यवस्था गरिएको छ । नयाँ संविधानको एकीकृत मस्यौदाको धारा १९ मा भनिएको छ, ‘विदेशी मुलुकको नागरिकता प्राप्त गरेको सार्क मुलुक भन्दा बाहिरका देशमा बसोबास गरेका नेपाली मुलको व्यक्तिलाई कानून बमोजिम आर्थिक सामाजिक र सांस्कृतिक अधिकार उपभोग गर्न पाउने गरी गैरआवासीय नेपाली नागरिकता प्रदान गर्न सकिनेछ ।’ नयाँ संविधान निर्माणका क्रममा गैरआवासीय नेपालीलाई परिचय पत्र कि नागरिकता दिने भन्ने बहस चलेको थियो । अन्तिम दिनसम्म पनिसत्तारुढ दल एमालेको असहमतिका कारण राजनीतिक दलहरुवीच गैरआवासीय नेपालीहरुलाई नागरिकता दिने विषयमा सहमति हुन सकेको थिएन । सत्तारुढ दल एमालेले गैरआवासीय नेपालीलाई परिचय पत्र मात्रै दिनुपर्ने अडान राख्दै आएको थियो । तर सत्तारुढ दल काँग्रेसको अडानका कारण गैर आवासीय नेपालीलाई राजनतिक अधिकार बाहेकको नागरिकता दिने बिषयमा अन्तिममा सहमति जुटेको थियो । यस अघि संघ स्थापना देखि गैरआवासीय नेपाली संघले नेपाली नागरिकताको निरन्तरताको बिषयलाई प्रमुख एजेण्डा बनाउंदै सरोकारवाला निकाय र प्रमुख राजनीतिक दलको ध्यान आकृष्ट गर्दै आएको थियो । काँग्रेस महामन्त्री एवं मस्यौदा समितिका सभापति कृष्ण सिटौलाले भने, ‘संविधानसभामा एमालेले अर्को बखेडा झिकेन भने गैर आवासीय नेपालीहरुले अब बन्ने नयाँ संविधानमा राजनीतिक अधिकार बाहेकको गैरआवासीय नेपाली नागरिकता पाउने सुनिश्चित भएको छ ।’

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रतिनिधिसभा विघटन बदर भएपछिको परिस्थितिबारे नेकपाको दाहाल-नेपाल समूहले जनता समाजवादी पार्टी (जसपा) नेपालसँग छलफल शुरु गरेको छ ।

काठमाडौं । नेकपा केपी ओली समूहको स्थायी कमिटीको बैठक आज पनि बस्दै छ । संसद विघटनको कदमलाई सर्वोच्च अदालतले असंवैधानिक

काठमाडौं । प्रतिनिधिसभा पुनर्स्थापना भएपछि प्रचण्ड नेपाल नेकपाको संसदीय दलको अनौपचारिक बैठक बसेको छ । सिंहदरबारस्थित नेकपा संसदीय दलको कार्यालयमा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले सर्वोच्च अदालतले नेपाली जनतालाई न्याय दिएको टिप्पणी गर्नुभएको छ । न्यायालयले पञ्चायतको