‘उद्योग बाणिज्य महासंघ निर्वाचन: राजकर्णिकारलाई सर्वसम्मत अध्यक्ष दिएर एकताको संदेश दिनु जरुरी छ’

१३ असार २०७२, आईतवार ००:०४ मा प्रकाशित

काठमाडौं, १३ असार । नेपाल उद्योग बाणिज्य महासंघका पूर्व अध्यक्ष प्रदिपजंग पाण्डे भ्रष्टाचार मुद्धामा कैद भुक्तान गर्न जेल चलान भए लगत्तै रिक्त रहेको अध्यक्ष पदका लागि हुन लागेको निर्वाचनमा पाण्डेका प्रतिद्वन्दी भाष्करराज राजकर्णिकार सहित तीन जनाले उम्मेदवारी दिएका छन् ।

महासंघका पूर्व अध्यक्षहरुले आगामी १८ गते हुने अध्यक्ष पदको निर्वाचनका लागि सर्वसम्मत गर्ने प्रयास जारी राखे पनि शनिबार कार्यवाहक अध्यक्ष तथा बरिष्ठ उपाध्यक्ष पशुपति मुरारका, पूर्व बरिष्ठ उपाध्यक्ष भाष्करराज राजकर्णिकार र कार्यकारिणी सदस्य भवानी राणाले उम्मेदवारी दिएका हुन् ।

निर्वाचन समितिका संयोजक गोविन्ददेव पाण्डेका अनुसार शनिबार कार्यकारिणी सदस्य भवानी राणा, बरिष्ठ उपाध्यक्ष पशुपति मुरारकाका र पूर्व बरिष्ठ उपाध्यक्ष भाष्करराज राजकर्णिकारले उमेम्द्बरी दर्ता गराएका थिए । पूर्व निर्धारित कार्यक्रम अनुसार उम्मेद्वारी दर्ता गर्ने अन्तिम समय शनिबार ५ बजे सम्मका लागि तोकिएको थियो ।

महसंघका अध्यक्ष प्रदिपजंग पाण्डे ३२ वर्ष पुरानो भ्रष्टाचार मुद्धामा कैद भुक्तान गर्न बाँकी अवधिको लागि जेल चलान भएपछि रिक्त पदमा अर्को निर्वाचन हुन लागेको हो ।

उम्मेदबार मध्यका बरिष्ठ भाष्करराज राजकर्णिकारलाई अध्यक्षमा सर्वसम्मत गराउन महासंघका पूर्व अध्यक्षहरुले प्रयास जारी राखेका छन् ।

एक पूर्व अध्यक्षले भने, ‘महाभूकम्पको प्रलयले मुलुक क्षत विक्षत बनेको यस्तो बेलामा निजि क्षेत्रको प्रतिष्ठित संगठनमा पदको लागि निर्वाचन हुनु दुखद खबर हुने हुँदा उम्मेदबार मध्यका बरिष्ठ भाष्करराज राजकर्णिकारको नाउँमा सहमति खोजेर एकताको संदेश दिनु जरुरी छ ।’

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रतिनिधिसभा पुनर्स्थापना भएपछि प्रचण्ड नेपाल नेकपाको संसदीय दलको अनौपचारिक बैठक बसेको छ । सिंहदरबारस्थित नेकपा संसदीय दलको कार्यालयमा

काठमाडौं । नेपाल कम्युनिष्ट पाटी (नेकपा) दाहाल–नेपाल समूहका दुईजना अध्यक्षले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवासमा पुगेर भेटवार्ता गरेका छन्

जाजरकोट । जुनिचाँदे गाउँपालिकाले पाँच सय बढी सुत्केरी महिलालाई तेल, कुखरा र न्यानो कपडा वितरण गरेको छ । सुत्केरी आमासँग

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले सर्वोच्च अदालतले नेपाली जनतालाई न्याय दिएको टिप्पणी गर्नुभएको छ । न्यायालयले पञ्चायतको