फुट्यो माओवादी नेकपा “माओवादी” बैद्यसमूहको नयाँ पार्टीको नाम

४ असार २०६९, सोमबार १९:५२ मा प्रकाशित

काठमाडौ, ४ असार ।  एकीकृत  नेकपा माओवादीका बरिष्ठ उपाध्यक्ष मोहन  वैद्य किरण समूहको राष्ट्रिय भेलाले नयाँ पार्टी गठन गर्ने निर्णय गरेको छ ।
विचार समूहको राष्ट्रिय भेलाले नयाँ पार्टी गठन गर्ने निर्णय गरेको छ । राष्ट्रिय भेलाको नयाँ पार्टी गठन गर्ने  निर्णयपछि लामो समयदेखि रहेको अन्तविरोध अब स्वतह समाप्त भएको छ । आफूले बैठकमा प्रस्तुत गरेको प्रस्ताव पारित भएपछि बैद्यले संस्थापन पक्षसँग आजबाट संबन्ध पूर्ण रुपमा विच्छेद भएको घोषणासमेत गरेका छन् ।
बैद्यसमूहको नयाँ पार्टीको नाम नेकपा “माओवादी” रहने बताइएको छ। नेकपा माओवादीको नेतृत्व मातृका यादवले गरिरहेकोले बैद्य समूहले कमा भित्र माओवादी राखेको हो । नयाँ पार्टीको स्वरुप र गठनको विषयमा भने भोली पत्रकार सम्मेलन गरेर जानकारी गराईने छ । नयाँ पार्टी गठनको प्रस्ताव सहितको बैद्यको राजनीतिक प्रस्तावमा छलफल गर्दा २१ समूहमा विभाजित भएका मध्ये १८ वटा समूहले नयाँ पार्टी खोल्नु पर्ने सुझाव दिएका थिए भने तीन समूहले पार्टी एकताकोलागी अझै प्रयास गर्नु पर्ने सुझाव दिएका थिए ।
नयाँ पार्टीको नेतृत्व स्वयम मोहन बैद्य किरणले गर्नेछन् । भने केन्द्रीय समिति ७५ सदस्यीय हुने छ । नेताहरुवीच पार्टीको संरचना र पद बाडफाडको विषयमा  छलफलहरु जारी रहेको सहभागीहरुले जनाएका छन् । सो समूहले एकीकृत नेकपा माओवादीको संस्थापन पक्ष संसोधनबादमा भासिएको र शान्ति र संविधानको बाटोलाई असफल बनाएर नेपाली जनताको दशकौ देखिको आफ्नो संविधान आफै बनाउने चाहनामा तुषारापात भएकोले अब त्यसकोलागी क्रान्ति गर्ने स्पष्ट पारिसकेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौ । प्यूठानमा भएको जिप दुर्घटनामा परी ज्यान गुमाउनेको संख्या पाँच पुगेको छ। जिल्ला प्रशासन कार्यालय गुल्मीका कर्मचारी सवार लु

काठमाडौँ । सरकारले ११ देशमा राजदूत नियुक्तिको तयार गरेको छ । लामो समयदेखि राजदूत पद रिक्त रहेका ५ देश र

काठमाडौं । राष्ट्रिय जनमोर्चाले एमाले नेतृत्वको गण्डकी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । जनमोर्चाका अध्यक्षले अध्यक्ष

सुदुरपश्चिम । सुदूरपश्चिम प्रदेशमा नयाँ वर्ष आरम्भसँगै मनाइने ‘बिसु’ पर्वको रौनक बढेको छ । यो पर्व मनाउने तयारीस्वरूप प्रत्येक घरपरिवारमा