सीमांकन बिनाको संविधान कुनै पनि हालतमा मान्दैनौं: मधेशी दल

१२ असार २०७२, शनिबार ००:२७ मा प्रकाशित

काठमाडौं, १२ असार । प्रमुख राजनीतिक दलले गरेको १६ बुंदे सहमति प्रति असन्तुष्ट मधेसी दलहरुसंगै सहमति पक्षधर दलका मधेशी सभासदहरु समेत सहमतिको विरोधमा देखिएका छन् । आ–आफ्ना दलभित्र असन्तुष्टि पोख्दै आएका सहमति पक्षधर दलका मधेशी सभासदहरुले बिहीबार राजधानीमा आयोजित एक अन्तरक्रिया कार्यक्रममा प्रमूख राजनीतिक दलले गरेको १६ बुंदे सहमति प्रति आफ्नो असहमति जाहेर गरेका हुन् ।

प्रमूख राजनीतिक दलले गरेको १६ बुंदे सहमति प्रति आफ्नो असहमति व्यक्त गर्नेहरुमा तमलोपा अध्यक्ष महन्थ ठाकुर, संघीय समाजवादी फोरम अध्यक्ष उपेन्द्र यादव, सद्भावना अध्यक्ष राजेन्द्र महतो र फोरम लोकतान्त्रिक उपाध्यक्ष जितेन्द्र देवले मधेस आन्दोलनले स्थापित गरेका संघीयता लगायतका मुद्दा अन्तरिम संविधानकै अंग भइसकेको र संविधानसभा त्यसका आधारमा अघि बढ्न बाध्यकारी रहेको अवस्थामा सोह्रबुँदेले त्यसलाई निस्तेज गरेको भन्दै आ-आफ्नो तर्फबाट असहमति व्यक्त गरेका छन् ।

अन्तरक्रियामा उनीहरुले भने, ‘संघीयताबिनाको संविधान आउने खतरा देखियो, संबिधानसभाले संघीयता दिएन भने यो कहिले पनि नआउन सक्छ यसर्थ सीमांकन बिनाको संविधान हामी कुनै पनि हालतमा मान्दैनौं ।’

एमाओवादी सभासद प्रभु साहले भने, ‘यो सोह्रबुँदे नउल्टयाई हुँदै हुँदैन, फास्टट्रयाकका नाममा यसले संविधानसभाको सार्वभौमिकता र जनताको संविधानको प्रक्रियामा भाग लिन पाउने अधिकारलाई कुण्ठित गरेको छ ।’

कांग्रेस सभासद अमरेशकुमार सिंहले भने, ‘सोह्रबुँदे सहमतिपछि बसेको संविधानसभा बैठकमा मधेसवादी भनिएकै दलका नेताहरूले अरू मधेसी नेताहरूप्रति गरेको टिप्पणीले आफूहरूको समेत शिर झुकेको छ । कांग्रेस र एमालेले संघीयताप्रति धोका दिए हामी उनीहरूसँग बसिरहदैनौं, सडकमा आउँछौं ।’

मधेशी सभासदहरुले सहमतिको क्रममा प्रदेश सभाबाटै नामांकन टुंग्याउन सकिने संकेत दिए पनि सीमांकन कुनै पनि हालतमा नछाड्ने बताएका छन् ।
अन्तरक्रिया कार्यक्रममा तमलोपा अध्यक्ष महन्थ ठाकुर, संघीय समाजवादी फोरम अध्यक्ष उपेन्द्र यादव, सद्भावना अध्यक्ष राजेन्द्र महतोले भने, ‘सर्वोच्च अदालतको अन्तरिम आदेशले सोह्रबुँदे सहमतिमार्फत भएको ‘संविधान उल्लंघन’ विरुद्ध सञ्जीवनी बुटीको काम गरेको छ ।’

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले अविश्वास प्रस्तावबाट आफूलाई हटाएर देखाउन चुनौती दिएका छन् । उनले प्रतिनिधि सभा विघटन गर्ने

काठमाडौ । न्यायाधीशकी श्रीमती ब्राउन सुगरसहित पक्राउ परेकी छिन् । उच्च अदालत सुर्खेतका न्यायाधीश मदन पोखरेलको श्रीमती तुलसीपुर उपमहानगरपालिका–५ निवासी

चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका सोमबारदेखि पुनःसञ्चालन हुने भएको छ । चीनमा वसन्त उत्सव समाप्त भएसँगै ल्होसारदेखि बन्द रहेको केरुङ नाका

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सर्वोच्च अदालतमा लिखित जवाफ पेश गरेका छन् ।