चीनद्वारा छयत्तर अर्ब बढीको सहयोगको घोषणा

१० असार २०७२, बिहीबार २२:४४ मा प्रकाशित

काठमाडौँ, १० असार । चीनले भूकम्पपछिको नेपालको पुनःनिर्माण, पुनःस्थापना र नवनिर्माणमा सघाउन करिब रु ७६ अर्ब २० करोड प्रदान गर्ने घोषणा गरेको छ । राजधानीमा जारी ‘नेपालको पुनःनिर्माणका लागि अन्तर्राष्ट्रिय सम्मेलन’ को उद्घाटन समारोहमा चीनका विदेशमन्त्री वाङ यीले उक्त घोषणा गर्नुभएको हो ।

चीनले नेपालसँगको सम्बन्धलाई उच्च महत्व दिएको बताउँदै उहाँले प्राकृतिक विपत्तिबाट प्रभावित भएको छिमेकीलाई पुनःनिर्माण, पुनःस्थापना र नयाँ निर्माणमा मद्दत गर्न रु एक अर्ब वित्तीय सहायता उपलब्ध गराइने जानकारी दिनुभयो ।
त्यसैगरी, उहाँले पूर्वाधार विकासका पाँच क्षेत्रमा केन्द्रित सहायता कार्यक्रम कार्यान्वयनका लागि रु ७५ अर्ब २० करोड प्रदान गरिने बताउनुभयो । उक्त रकम आगामी सन् २०१८ सम्मका लागि भएको पनि चिनियाँ विदेशमन्त्रीले स्पष्ट गर्नुभयो । रासस

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दका उपस्थितिमा दुवै पक्षबीच बिहीबार भएको सहमतिमा आज

काठमाडौं । वीरगन्जकी छपकैयाकी मुस्कान खातुनले अमेरिकी विदेश मन्त्रालय दिने अवार्ड पाएकी छन्। गत वर्ष विद्यालय जाँदै गर्दा तेजाब आक्रमणमा

झुट्टा विवरण पेश गरेर नाबालक परिचयपत्र बनाउन खोज्नेलाई सघाएको आरोप लागेका म्याग्दीको धवलागिरि गाउँपालिका–३ मुनाका वडाध्यक्ष पुर्म पुन र सचिव

काठमाडौं । नेपाली काँग्रेसले बदलिँदो राजनीतिक परिस्थितिमा संविधान, लोकतन्त्र र जनतालाई केन्द्रमा राखेर निर्णय लिने भएको छ । कांग्रेसका सभापति