सम्मेलन सफल भयो: अर्थमन्त्री

१० असार २०७२, बिहीबार २२:४३ मा प्रकाशित

काठमाडौँ, १० असार । अर्थमन्त्री डा रामशरण महतले ‘नेपालको पुनःनिर्माणका लागि अन्तर्राष्ट्रिय सम्मेलन–२०१५’ अत्यन्त सफल भएको बताउनुभएको छ ।

राष्ट्रिय समाचार समितिसँग कुराकानी गर्दै सम्मेलनका संयोजक डा महतले सम्मेलनमा आफूहरुले अपेक्षा गरेभन्दा पनि राम्रो उपस्थिति र प्रतिबद्धता प्राप्त भएको तथा यसबाट नेपालको पुनःनिर्माणमा महत्वपूर्ण सन्देश मिलेको बताउनुभयो । उहाँले सम्मेलनबाट आगामी दिनमा देशको आर्थिक अवस्था सबल बन्ने विश्वास व्यक्त गर्नुभयो ।

यसैबीच अर्थमन्त्री डा महतसँग केहिबेरअघि जापानका विदेश राज्यमन्त्री मिनोरु कियुचीले भेटवार्ता गर्नुभएको छ । रासस

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । राष्ट्रिय सभाकी सांसद कोमल वलीले विघटित नेकपा नेता रघुजी पन्त विरुद्ध गाली बेइज्जतीको मुद्दा दायर गरेकी छन ।

काठमाडौं । सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेकपा (माओवादी केन्द्र) लाई एकता पहिलेकै अवस्थामा ब्यूँताएपछि पार्टी कार्यालय पनि

सुर्खेत । मध्यपश्चिमाञ्चल विश्वविद्यालयको कानून सङ्काय स्कूल अफ ल कार्यक्रमका निर्देशकसहित चार उपप्राध्यापकले संयुक्त राजीनामा दिएका छन्। यही फागुन १७–१९

काठमाडौं । स्वदेशी उत्पादनलाई बढावा दिँदै आर्थिक समृद्धिको मार्गमा अगाडि बढ्ने लक्ष्यका साथ नेपाल उद्योग परिसङ्घले ‘मेक इन नेपाल स्वदेशी