५० हजार मेट्रिक टनभन्दा बढि अदुवा कुहिने अवस्थामा

४ असार २०६९, सोमबार १७:४० मा प्रकाशित


ईलाम, ४ असार । उत्पादित अदुवा उचित मूल्यमा बिक्री गर्न नपाएपछि किसानहरु कम मूल्यमा नै अदुवा बिक्रि गर्न बाध्य भएका छन् । ६ महिनासम्म पर्खिंदा पनि गत वर्षको तुलनामा आधा पनि मूल्य नपाएको किसानहरुको भनाइ छ । गत वर्ष प्रतिमन दुइ हजार पाँच सय रुपैया सम्ममा बिक्रि भएको अदुवा यसबर्ष किसानले ५ देखि ६ सय रुपैयाँ प्रतिमनले बेच्न बाध्य भएका छन् । धान, मकै जस्ता बाली छाडेर अदुवा खेती तर्फ आकर्षित भएका कृषकहरु अहिले अदुवाबाट उचित मूल्य पाउन नसकेपछि निरुत्साहित बन्दै गएको नयाँबजारका किसान अनिल घलेले बताउनु भयो । पूर्वका इलामसहित पाँचथर, ताप्लेजुङ, धनकुटा, संखसभा, तेह«थुम लगायतका जिल्लामा करिब ५० हजार मेट्रिक टनभन्दा बढि अदुवा अहिले कुहिने अवस्थामा पुगेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । गएरातिदेखि लागू हुनेगरी पेट्रोल, डिजेल, मट्टितेल तथा हवाई इन्धनको

काठमाडौँ । चालु आर्थिक वर्षको नौ महिनामा कूल रु सात खर्ब २९ अर्ब दुई करोड बराबरको विप्रेषण स्वदेश भित्रिएको छ

काठमाडौं । चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ३.९८ प्रतिशत हुने केन्द्रीय तथ्यांक विभागको प्रारम्भिक अनुमान छ । चालु आर्थिक

नक्कली मूल्य अभिवृद्धि कर (भ्याट) बिल प्रयोग गरी राजस्व छलेका अभियोगमा राजस्व अनुसन्धान विभागले १३ फर्मसहित १६ जनाविरुद्ध मुद्दा दायर