शल्यक्रिया विना कलेजोको कडापन जाँच्ने मेसिन नेपालमा पनि ल्याइयो

४ असार २०६९, सोमबार १७:३८ मा प्रकाशित

काठमाडौ, ४ असार । शल्यक्रिया विना कलेजोको कडापन परीक्षण गर्न सकिने प्रविधि “फाइब्रो स्क्यान”  सेवा नेपालमा पनि भित्रिएको छ । नेशनल रेफरेन्स ल्याबरेटोरिज नयाँ बानेश्वरले सो नयाँ सेवा नेपालमा सुरु गरेको हो । यो प्रविधिले हेपाटाइटिस बी र सी तथा मदिरा सेवनका कारण कलेजो कति बिग्रिएको जानकारी लिन सकिने जनाइएको छ । साथै मदिरा सेवनकै कारण कलेजोमा कडापन हुन्छ । कडापनको मात्राबारे सो प्रविधिद्वारा जानकारी हुने ल्याबरेटोरिजले जानकारी दिएको छ । डा. सुधाम्सु केसीका अनुसार कलेजोको परीक्षणकर्तालाई कति पनि पीडा नदिइकन पाँचदेखि दस मिनेटको अवधिमा परीक्षण गरी रिपोर्ट पनि दिन सकिनेछ । कलेजोको कडापन भएमा हातखुट्टा सुनिने, पेटमा पानी जमेर फुल्ने, मुखबाट रगत बान्ता हुने जस्ता लक्षण देखिने चिकित्सकले जनाएका छन् । कलेजोको कडापन तथा बोसोको मात्र परीक्षणका लागि भारत जानुपर्ने अवस्था थियो । सेन्टर फर लिबर डिजिज फ्रान्सबाट यो उपकरण नेपाल ल्याइएको ल्याबरेटोरीले जानकारी दिएको छ । कलेजोको अल्ट्रासाउण्डबाट निक्र्याैल गर्न नसकिएका समस्यालाई प्रविधिबाट पत्ता लगाउन सकिने छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले नेपालको आफ्नै भूउपग्रह (स्याटेलाइट) राख्ने प्रक्रिया रद्द गरेको छ । प्राधिकरणले आज एक सूचना जारी

एप्पल र सामसुङ इलेक्ट्रोनिक्सले ट्याब्लेट कम्प्युटरको बजारमा क्रमशः पहिलो र दोस्रो स्थान ओगट्न सफल भएका छन् । २१ औं काउन्टरपोइन्ट

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले दूरसञ्चार सेवाप्रदायकसँग सहकार्य गरेर बाढीको पूर्वसूचना सर्वसाधारणको मोबाइलमा पठाउन थालेको छ । बाढी पूर्वानुमान

विश्वकै अग्रणी सूचना प्रविधि कम्पनी एप्पलले तार विना चार्ज गर्न मिल्ने आइप्याड चाडै नै बजारमा ल्याउने जनाएको छ । अहिले