संविधानसभाभन्दा उच्च निकाय अन्य कुनै छैन

८ असार २०७२, मंगलवार २२:०२ मा प्रकाशित

जनकपुर, ८ असार । पूर्व प्रधानमन्त्री एवम् नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले संविधानसभाभन्दा उच्च निकाय अन्य कुनै नभएको र संविधानका बारेमा चार शक्तिद्वारा गरिएको सहमतिका पक्षमा सबैलाई समेट्नु जरुरी छ भन्नुभएको छ ।

प्रेस चौतारी नेपाल धनुषाद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उहाँले १६ बुँदे सहमतिका सन्दर्भमा अदालतद्वारा गरिएको आदेश संविधानसभाको गरिमा, स्थान र नियमावलीभन्दा पृथक भएको बताउनुभयो ।

उहाँले संविधान निर्माणका लागि भएको नयाँ सहमतिको वातावरणमा एक अर्कालाई दोषारोपण नगरी सबैको बीचमा विश्वास, मन र चित्त बुझाउने प्रयास गर्नुपर्ने आवश्यकतामा जोड दिनुभयो ।

राष्ट्रिय राजनीति सकारात्मक दिशातर्फ गइरहेकाले अनिश्चितताको भुमरीलाई तोड्दै नयाँ ढङ्गले अगाडि बढ्नु जरुरी छ भन्दै उहाँले सङ्घीयता ओझेलमा नपरोस् भन्ने कुरालाई गम्भीरतापूर्वक लिई संविधान छिटो जारी गर्नेतर्फ प्रयास हुनुपर्ने खाँचो छ भन्नुभयो ।

पूर्व प्र्रधानमन्त्री नेपालले संविधानसभालाई सफल बनाउँदै मुलुकलाई स्थायित्वको सन्देश दिन संविधानको निर्माण र स्थानीय निकायको निर्वाचन आवश्यक भएको धारणा पनि राख्नुभयो । रासस

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । जनता समाजवादी पार्टीले जसपाले संसदीय दलको बैठक बोलाएको छ । मंगलबार बोलाइएको बैठकमा प्रतिनिधिसभामा पार्टीको भूमिका र पछिल्लो

ओछ्यानमै सुतिरहेको अवस्थामा अज्ञात समूहद्वारा १५ दिन पहिले बेपत्ता पारिएका पिपरा गाउँपालिका– ५ सहोडवाका वृद्ध दम्पती अझै फेला परेका छैनन्

काठमाडौं । निर्वाचन आयोगमा सरिता तिवारीको अध्यक्षतामा दर्ता भएको नेकपा एमालेले बैठक बोलाएको छ । सर्वोच्च अदालतले नेकपालाई पार्टी एकीकरणको

आफन्तसँग ढाँटेर रु एक लाख ऋण लिएर व्यवसाय शुरु गरेका एक युवा १५ वर्षमा ११ होटल र रेष्टुराँको मालिक बनेका