अन्तरिम आदेशबाट संविधान निर्माण नरोकिने

७ असार २०७२, सोमबार ००:०८ मा प्रकाशित

पोखरा, ६ असार । संविधानसभाका अध्यक्ष सुभाषचन्द्र नेम्वाङले सर्वोच्च अदालतको अन्तरिम आदेशले संविधान निर्माणको कार्य नरोकिने बताउनुभएको छ ।

पोखरामा आइतबर सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले दलहरूबीच भएको सोह्र बुँदे सहमतिमा सर्वाेच्चले रोक लगाएको भन्ने जानकारी आफूलाई नभएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “संविधानसभाले नै संविधान बनाउँछ, कसैले रोकेर संविधान निर्माण प्रक्रिया रोकिँदैन ।”

उहाँले भन्नुभयो, “सञ्चार माध्यमबाट सर्वोच्चको अन्तरिम आदेश आएको सुनेको बताउँदै संविधान निर्माण प्रक्रियालाई रोक्न सर्वोच्च अदालतको आदेशलाई आफूसँग आएपछि जवाफ दिने बताउनुभयो ।

सभाध्यक्ष नेम्वाङले दलबीच बढेको दूरीलाई सोह्र बुँदे सहमतिले नजिक ल्याएको बताउँदै परेको बेला दलहरू एक भएर अगाडि बढ्छन् भन्ने उदाहरण यसले दिएको हुँदा तालिका अनुसार नै संविधान जारी हुने बताउनुभयो ।

सभामुख नेम्वाङले भन्नुभयो, “अदालतबाट किन त्यस्तो आदेश आयो, म अचम्ममा परेको छु । फैसलाले संविधान निर्माणमा कुनै एउटा बेञ्चबाट भएको फैसलाले काम रोक्ने कुरा आउँदैन ।”

नेताहरूले बेलाबखत निरासा आउने खालका क्रियाकलाप गर्ने गरेका भए पनि जनतालाई आवश्यक पर्दा एक हुने गरेका पछिल्लो एकता र सहमतिले प्रमाणित गरेको उहाँले बताउनुभयो ।

जनताको परिवर्तनको अपेक्षा र नेताहरूको सुझबुझपूर्ण निर्णयले नै मुलुकले निकास पाउने उहाँको भनाइ थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

चितवन । नेपाली कांग्रेसका महामन्त्री डा. शशाङ्क कोइरालाले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को दाहाल–नेपाल समूहसँग मिलेर जानुपर्ने धारणा राखेका छन्।

काठमाडौँ । नेपाली काँग्रेसले संसदीय दलको बैठक बोलाएको छ । आगामी शुक्रवार दिउँसो १ बजे संघीय संसद् भवन नयाँबानेश्वरस्थित ल्होत्से

काठमाडौँ । सरकार र विप्लव समूहबीचको औपचारिक वार्ता आजदेखि सुरु भएको छ । आज बिहान दुवै समूहको पहिलो चरणको औपचारिक

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल-नेपाल समूहले आज बुधबार दिनभर बैठकैबैठक राखेका छन् । कसरी अघि बढ्दा प्रधानमन्त्री ओलीलाई