कालो झण्डाले प्रधानमन्त्रीलाई केही फरक पार्दैन

४ असार २०६९, सोमबार १६:५४ मा प्रकाशित

टोपबहादुर रायमाझी, शान्ति मन्त्री
० सहमति लत्याउँदै प्रधानमन्त्री विदेश जानुभयो नि ?
– विदेश जाने यो नियमित प्रकृयाअन्तर्गत हो ।
० देशमा संकट छ, प्रधानमन्त्री विदेशमा ?
– संकट टार्न पनि प्रधानमन्त्री विदेश जानु प¥र्यो नि ।
० आप्mनो समस्या समाधान गर्न प्रमले नसकेपछि विदेशी गुहाउर्न जानुभएको हो ?
– प्रधानमन्त्री सधैंका लागि त्यहाँ बस्न जाने होइन । त्यही ४–५ दिनका लागि हो । यस विषयमा नियमित रुपमा अन्य राजनीतिक दलहरुसँग छलफल भइरहेको छ । अन्य पार्टीहरुले समस्या हल गर्नेभन्दा पनि उहाँहरुले सरकारको राजीनामा माग गरिराख्नु भएको छ । राजीनामा दिएपछि के गर्ने भन्ने उहाँहरुसँग कुनै भिजन छैन ।
० प्रमको राजीनामा आएपछि दलहरुले सहमतिको उम्मेदवार दिन्छौं भनिरहेका छन् नि ?
– पहिलो सहमति, त्यसपछि राजीनामा ।
० प्रमको राजीनामा आएन भने मुलुक महासंकटतिर जान्छ अरे नि ?
– पहिलो सहमति हुनुप¥र्यो । किनभने सहमति हुन सक्दैन भन्ने कुरा उहाँहरुको क्रियाकलापले नै देखिन्छ । पहिलो उहाँहरुले सेना समायोजन भएपछि, शान्ति प्रकृया टुंगो लागिसकेपछि चार पाँच दिनभित्र हामी संविधानमा सहमति गर्छौ भनेका होइन ? त्यहाँ पनि उहाँहरुले षड्यन्त्र गर्नुभयो ।
० पार्टीको निर्देशनविपरित प्रधानमन्त्री विदेश जान मिल्छ कि मिल्दैन ?
– पार्टीको निर्देशन होइन, यसो गर्दा राम्रो हुन्छ भन्ने सुझाव मात्र हो । पार्टीको निर्देशन नमान्ने कुरा होइन, स्थायी कमिटीमा प्रधानमन्त्री विदेश भ्रमण नजाँदा राम्रो हुन्छ कि भन्ने सुझावहरु आएका थिए । जाने नजाने विषयमा थोरै छलफल भएको थियो । एकथरिले जानुपर्छ भने अर्कोथरिले नजादा राम्रो हुन्छ भन्ने मत राखेका थिए । तर पार्टीको हाइकमाण्डको निर्णय हामीले मान्नुपर्छ ।
० विपक्षीहरुले एयरपोर्ट घेरे नि ?
– माधव नेपाल सरकारको पालामा पनि विपक्षीहरुले धेरै कालो झण्डा देखाएका हुन् । त्यसको केही अर्थ रहँदैन ।
० प्रधानमन्त्रीलाई कालो झण्डाले केही फरक पार्दैन ?
– लोकतन्त्रमा त्यस्ता विरोध रहिरहन्छन्, हुनु पनि पर्छ । दलहरुको कार्यक्रमलाई सम्मान गर्नुपर्छ, लोकतन्त्रमा । तर पनि कालो झण्डा र विरोध मात्र होइन, सहमति र सहकार्यमा आउनुपर्छ । जेठ १४ को रातिजस्तै संविधानसभा भंग गर्ने, सरकारलाई पनि भंग गरेर देशलाई शुन्यता, अनिश्चितता, अन्धाकारतिर धकेल्न खोज्नु भएको थियो ।
० ब्राजिल गएर विदेशी नेतासँग मुलुकको समस्याबारे छलफल गर्ने ?
– आप्mनो देशको अवस्थाबारे अन्तर्राष्ट्रिय जगतमा सेयर गर्ने, विचार आदानप्रदान गर्ने कुरा स्वभाविक हो । त्यो गर्नैपर्छ । जहाँसम्म समाधान आप्mनै देशका नेताहरुले गर्ने हो । यहाँका राजनीतिक दलहरु जसरी गइरहनु भएको छ, उहाँहरुले आप्mनो दृष्टिकोण सच्चाउनुपर्छ । सहकार्य र राष्ट्रिय सहमतिमा आउनुपर्छ । देशलाई निकास दिनुपर्छ ।
० निम्तो राष्ट्रपतिलाई उड्दै प्रधानमन्त्री ?
– यो विल्कुल गलत कुरा हो । कार्यकारी प्रमुखको हिसाबले विदेश जाने कुरा हुन्छ । राष्ट्रपति राष्ट्र प्रमुख मात्र हो ।
० सरकार पनि काम चलाउ मात्रै हो नि ?
– यो त विपक्षीले भन्ने कुरा हो ।
० राष्ट्रपतिले लेखेरै दिनुभएको होइन ?
– दिनुभएको छैन । प्रधानमन्त्री कार्यकारी नै हो ।
० कहिलेसम्म सहमति हुन्छ ?
– हामी निरन्तर लाग्छौं, जतिबेला उहाँहरुले सहमति दिनुहुन्छ, सरकारमा आउनुहुन्छ, त्यत्तिबेला नै टुंगो लाग्छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ, १९ बैशाख । विश्वमा कोरोना माहामारीका कारण नेपाल लकडाउन भएको १ महिना भन्दा बढी भइसक्यो । यो एक महिनाको

निरोज कुमार थापा, काठमाडौँ, १० असार । सबै मानिसहरु आफ्नो कर्ममा सफल हुन्छन् भन्ने छैन । तर निरन्तरको लगाव, कामप्रतिको

पर्यटन प्रवद्र्धनका लागि सन् २०१७ बाट हरेक वर्ष हिमालय ट्राभल मार्ट आयोजना हुँदै आएको छ । यसवर्ष पनि जुन ६

निरोज कुमार थापा, काठमाडौँ, ६ बैशाख ।  नेपालमा होमस्टेको इतिहाँस लामो छैन। यो अभियानले गति लिएको एक दशक पनि भएको