‘आगामी दशक चिनियाँ अर्थतन्त्र खस्किने, अमेरिकी महाशक्ति खुम्चिने, युरोपको बिभाजन हुँदै’

६ असार २०७२, आईतवार ०९:३७ मा प्रकाशित

पुरुषोत्तम ढकाल, लसएन्जलस, ६ असार । एक अनुमान अनुसार अवको दश बर्ष पछि दुनियाँको आर्थिक, सामाजिक र राजनीतिक परिवर्तन ठुला शक्ति सम्पन्न राष्ट्रहरुको हकमा अत्यास लाग्दो परिणाम लिएर उपस्थित हुने छ । प्राइभेट इंटेलिजेंस फर्म स्ट्राटिजिक फोरकास्टिंग (स्ट्राटफर) को पछिल्लो अध्यन, अनुसन्धान र भबिष्यवाणी अनुसार विश्व मानचित्रमा आर्थिक, सामाजिक, र राजनीतिक परिवर्तनको आश्चर्यजनक परिणाम देखिने छ । स्ट्राटफरको अनुमान अनुसार आगामी दश बर्ष पछि चिनिया अर्थतन्त्र खुम्चिदै जाने छ भने यता अमेरिकी भूमिका विश्व मानचित्रमा कमजोर साबित हुने छ । दुनियाँका सक्तिशाली ठानिएका देशहरुको अत्यास लाग्दो आर्थिक, सामाजिक र राजनीतिक परिवर्तनका आश्चर्य जनक ११ झलक देख्न पाउने हुने छ शन २०१५-२०२५ को अवधिमा ।

South China Sea dispute to dominate ASEAN forumचिनियाँ अर्थतन्त्र पछ्याउने १६ नयाँ देशहरु: गतिशील चिनियाँ अर्थतन्त्रको वृद्धिदरको सुचाङ्क घटेर गतिहीन अवस्थामा आइपुग्ने छ । यो खबर केहि देशका लागि सुखद हुने छ । प्रारम्भिक उत्पादनको विश्व रोजगार बजारमा नियन्त्रण राख्दै आएको चिनियाँ अर्थतन्त्रको महत्वपुर्ण हिस्सा उसको पहुँचमा रहेको रोजगार बजार विश्व अर्थतन्त्रको उदयमान १६ नयाँ देशहरुमा पलायन हुने छ । त्यति बेलाको चीनको जनसंख्या १. १५ अरब पुगिसकेको हुनेछ तर चिनिया आर्थिक वृद्धिदर भने गतिहीन हुँदै रोकिने क्रममा पुगेको हुने छ । उता आश्चर्यजनक रुपले मेक्सिको, निकारागुवा, डोमेनिकन गणराज्य, पेरु, इथोपिया, युगांडा, केन्या, तान्जनिया, बंगलादेश, म्यानमार, श्रीलंका, लाओस, भियतनाम, कंबोडिया र फिलिपिन्सले विश्व अर्थतन्त्रमा उदयमान आर्थिक र राजनीतिक शक्तिको रुपमा जबर्जस्त उपस्थिति जनाइसकेका हुने छन् ।

USAअमेरिकी शक्ति र भूमिका कमजोर हुने तर महाशक्ति कायमै रहने: आगामी दशक विश्व अर्थ राजनीतिमा हुने आश्चर्यजनक परिवर्तनसंगै अमेरिका विश्व अर्थ राजनीतिमा राख्दै आएको आफ्नो प्रभाव र भूमिका न्युन पारेर आफ्नो आन्तरिक अर्थ राजनीतिमा आएको चुनौती र समस्या तर्फ केन्द्रित हुने छ । खुसीको खबर बढ्दो अमेरिकी अर्थतन्त्र, आन्तरिक उर्जा उत्पादन, घट्दो निर्यात ब्यापारका बीच अमेरिका शान्त र समुन्नत रुपमा रहने छ । तर विश्व अर्थ राजनीतिमा हुने आश्चर्यजनक परिवर्तनसंगै विश्व मानचित्रमा अमेरिकी शक्ति र भूमिका कायम राख्ने चुनौती रही रहेन छ । रिपोर्ट अनुसार अमेरिकाले विश्व अर्थ राजनीतिमा आफ्नो हस्तक्षेपकारी भूमिका त्यागे पनि विश्व मानचित्रमा अमेरिकी शक्ति र भूमिका कायमै रहने छ । रिपोर्ट भन्छ, ‘१० बर्ष पछिको दुनियाँमा अर्थ राजनीतिमा आश्चर्यजनक उथल पुथल हुने छ ।’ त्यति बेला एउटा बिषय मात्र स्थिर रहने छ त्यो हो अमेरिकी शक्ति र भूमिका । तर त्यस्तो अमेरिका जसले आफ्नो प्रभाव र भूमिका न्युन पारेर आफ्नो आन्तरिक अर्थ राजनीतिमा आएको चुनौती र समस्या तर्फ आफुलाई केन्द्रित गर्ने छ ।

EUयुरोप चार भागमा विभाजित हुने छ : युरोपियन युनियन मार्फत सामुहिक र एकिकृत बन्दै गएको युरोप आगामी दशक भित्र पूर्वी र पश्चिम युरोप, स्क्यानडेवियन र ब्रिटिश आइल्याण्ड गरि चार भागमा विभक्त भैसक्ने छ । युरोपको राजनीतिक बिभाजनसंगै आर्थिक र सामाजिक बिभाजनको खाडल अत्यास लाग्दो हुने छ । युरोपियन युनियन कायमै रह्यो भने पनि त्यसको भूमिका मृत्यु प्राय हुने छ र युरोपियन युनियनका सर्त र नियमहरु कुनै पनि युरोपियन राष्ट्रहरुले मान्ने छैनन् । तर पनि विभाजित युरोपियन अर्थ राजनीतिको क्षेत्रमा एक अर्काको परिपुरक भूमिकामा देखिने छन् । त्यति बेला पनि साना र बिपन्न युरोपियन राष्ट्रहरु भने युरोपियन युनियनको सदस्य बन्ने क्रम जारी रहने छ तर युरोपियन युनियनको परिकल्पना अनुरुपको भूमिका नगन्य हुने छ ।

रशिया टुक्रिने छ: मस्को बिरुद्ध कुनै बिद्रोह वा प्रतिविद्रोह हुने छैन तर सोभियत संघ अन्तर्गतका संघिय देशहरु विश्व अर्थ राजनीतिमा आफ्नो अस्तित्व र भूमिका खोज्दै मस्कोको नियन्त्रण र भूमिकाबाट धेरै टाढा पुग्ने छन् । आर्थिक नाकाबन्दि , घेराउ, ग्यास र तेलको घट्दो बजार भाउ, विश्व बजारमा कमजोर बन्दै गएको रुबल, बढ्दो शैन्य खर्च र आन्तरिक कलहले संघ भित्रको नियन्त्रण गुमेर रुशको केन्द्रिय सरकारको भूमिका खस्केर रुश कमजोर राष्ट्रमा परिणत हुने छ । रिपोर्ट भन्छ, त्यति बेला रुश यति कमजोर हुने छ कि रुशी संघहरु आपसमा अर्ध स्वायत्त हुने छन् र अन्तत उनीहरु एकिकृत रुशमा रहने छैनन् अर्थात् रुश टुक्रा टुक्रा हुने छ ।’

अमेरिकाले आफ्नो परमाणु हतियार सुरक्षित राख्न सैन्य शक्तिको अधिकतम उपयोग गर्ने छ : सदैव कौतुहल बन्दै आएको रुशको हतियार, युरोनियमको स्टक, र बितरण प्रणालीको रहस्य दुनियाको पहुँच र जानकारीमा आइपुग्ने छ । रुशको परमाणु हतियारको भण्डारले दुनियाँमा अर्को राजनीतिक संकट निम्त्याउने छ । त्यति बेला रुशको परमाणु हतियार र वितरण प्रणाली सुरक्षित राख्न अमेरिकाले सेना पठाउनु पर्नेछ । रिपोर्ट भन्छ, ‘ वाशिंगटन यस्तो भूमिकामा त्यति बेला पनि सक्षम राष्ट्र रही रहने छ तर अमेरिकी सेनाले सम्पूर्ण रुशमा नियन्त्रण लिन सक्ने छैनन् । रुशमा उत्पन्न हुने परिस्थितिको आंकलन गर्न नसकिए पनि वाशिंगटनले कस्तो भूमिका निर्बाह गर्छ भन्न नसकिए पनि रुशमा स्थाई सरकार निर्माण गर्ने अमेरिकी प्रयास हुने छ जुन अमेरिका प्रबर्द्धित सरकारको काम कमजोर र विभाजित रुशको राजनीतिक अर्थतन्त्र समृद्ध बनाउनु मूख्य जिम्मेवारी हुने छ ।

जर्मनले व्यहोर्ने समस्या: जर्मन निर्यातमा आधारित अर्थतन्त्र भएको देश हो र र आउने दशकमा फैलिने महाद्धिपीय आर्थिक उदारीकरणको ठुलो लाभ उसले लिने छ । यसको प्रभाव युरोपियन युनियनमा पर्ने छ र युरोपमा युरोपियन युनियन प्रतिको भरोसा र विश्वास टुट्ने छ । यता जर्मनको घट्दो जनसंख्याले पार्ने न्युन प्रभावका बीच जर्मन अर्थतन्त्रको वृद्धि दर रोकिने छ र आउने दशक जर्मनले ठुलो आर्थिक समेत मूल्य चुकाउने छ ।

पोल्याण्ड युरोपको प्रतिनिधित्व गर्ने देश बन्ने छ : पूर्वी जर्मनको आर्थिक आवस्था त्यति कमजोर हुने छैन । त्यति बेला पोल्याण्डको आर्थिक र राजनीतिक भूमिकाले पूर्वी जर्मनलाई समेत प्रभाव पार्ने छ तर पोल्याण्डको समेत उत्पादन मुखी जनसंख्या घट्ने क्रम सुरु हुने छ । रुशको पश्चिमी सिमामा रहेको पोल्याण्डको आर्थिक र राजनीतिक भूमिका बढे संगै पोल्याण्ड क्षेत्रीय नेतृत्व गर्ने राष्ट्रको रुपमा उदाउने छ । रिपोर्ट भन्छ, ‘त्यतिबेला पोल्याण्ड र अमेरिकाको दिर्घकालिन रणनीतिक साझेदारी बन्ने छ ।’

टर्की र अमेरिका बीच सम्बन्ध प्रगाढ हुने छ : दशक भबिष्यबाणी अनुसार अरब देशको आर्थिक, राजनीतिक र सामाजिक उथल पुथलको क्रम त्यतिबेला पनि जारी रहेन छ । त्यस क्षेत्रको समृद्ध र सुरक्षित देश टर्कीका छिमेकीहरु ब्ल्याक सी हुँदै सिरिया र इराक सम्म भएको कारण टर्कीले त्यस क्षेत्रमा बाध्यकारी भूमिका निर्बाह गर्नु पर्ने हुन्छ । जसको लागि उसले अमेरिकासंग प्रगाढ रणनीतिक साझेदारी कायम गर्ने छ । टर्कीमा अमेरिकी भूमिका बढ्ने छ र रुश केन्द्रित भूमिकाबाट अलग हुन चाहने टर्की अमेरिकी सैन्य केन्द्र रहेको अर्मेनिया अमेरिकी साझेदारीमा उसको सुरक्षा कवच बन्ने छ । बदलामा रुशलाई नियन्त्रण गर्न टर्कीले अमेरिकालाई सहयोग गर्नु पर्ने छ । रिपोर्ट भन्छ, ‘निर्धक्क भए हुन्छ अमेरिकाले त्यति बेला त्यस क्षेत्रमा कुनै युद्ध गर्ने छैन र टर्कीलाई पनि कुनै युद्धमा धकेल्ने छैन ।’ ब्ल्याक सी नियन्त्रण गर्ने अमेरिकी चाहनालाई भने टर्कीले निरन्तर सहयोग गर्नु पर्ने हुन्छ ।

आउने दशक चीनका ठुलो चुनौती : भबिष्यबाणी अनुसार घट्दो आर्थिक बिकास आउने दशक चीनको लागि ठुलो चुनौती हुने छ । बिग्रदै गएको चिनिया अर्थतन्त्र र चिन भित्र बढ्ने असन्तुष्टि त्यहाँको कम्युनिष्ट पार्टीको लागि राजनीतिक नियन्त्रण गुमाउने कारण बन्ने छ । त्यतिबेला चीनले बढ्ने असन्तुष्टि रोक्न आन्तरिक दमनबाट समस्याको समाधान खोज्ने छ । चिनिया शहरहरुको विश्व बजारमा तटीय शहर बाहेक अने शहरहरु थप गरिबीको सामना गर्न वाध्य हुने छन् । तटीय शहर र अन्य शहर बीच आउने असमानताले बढ्ने असन्तुष्टि संगै इतिहाँसमा जस्तै राजनीतिक विद्रोहको कारण बन्ने छ जसले आउने दशक चीनमा ठुलो राजनीतिक परिवर्तनको संकेत गर्दछ ।’

एशियाको उदाउदो सामुन्द्रिक शक्ति बन्ने छ जापान: दशक भबिष्यबाणी अनुसार सताब्दी देखि आइल्याण्ड भुमि जापान आयात मुखी अर्थतन्त्रमा आधारित रह्यो । उता जापानको छिमेकी देश चिनले आफ्नो नौसेना मार्फत बढाउदै लगेको सिमा क्षेत्रको नियन्त्रण आउने दशक साउथ चाइना समुन्द्र, इष्ट चाइना समुन्द्र, इन्डियन ओशियन र जी पिङ्ग मार्ग तर्फ नियन्त्रण राख्न आक्रामक रुपले अघि बढ्ने छ । त्यति बेला त्यस क्षेत्रमा आफ्ना नौसेना उतार्नु जापानको वाध्यता हुने छ । यति बेला जापान सुरक्षित आयातका लागि अमेरिका संग निर्भर रहँदै आएको छ तर आउने दशक आफैंमा निर्भर हुनु पर्ने छ यसको लागि जापानले आफ्नो सामुन्द्रिक शक्ति अकल्पनीय रुपले वृद्धि गर्ने छ ।

साउथ चाइना सी युद्ध हुदैन तर …:
क्षेत्रीय देशहरुले साउथ चाइना सीमा सैन्य बल बिस्तार गर्ने वा नगर्ने निर्णयनै यस स्खेत्रको भबिष्य निर्धारण गर्ने छ तर साउथ चाइना सीमा युद्धको डर लाग्दो संभावना सदैव जीवित राख्ने छ । साउथ चाइना सीका तिन खेलाडी देशहरु आफ्नो सामुन्द्रिक हितको सुरक्षा गर्ने क्षमता घट्दै गएको अवस्थामा चिन र जापान आ आफ्नो नियन्त्रणको प्रयास गरिरहने छन् तर दुवै देश युद्धमा भने जाने छैनन् । प्राइभेट इंटेलिजेंस फर्म स्ट्राटिजिक फोरकास्टिंग (स्ट्राटफर)ले भबिष्यबाणी गर्दै भनेको छ, ‘आउने दशक पूर्वी एशियामा पूर्ववत अवस्थामा फर्किने सम्भावित नयाँ आर्थिक र राजनीतिक शक्तिको उदयसंगै साउथ चाइना समुन्द्र र पूर्वी चाइना समुन्द्रमा सम्भावित युद्धको खतराको बादल भने मडारी रहने छ ।’

प्रतिक्रिया
सम्बन्धित खवर

चितवन । नेपाली कांग्रेसका महामन्त्री डा. शशाङ्क कोइरालाले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को दाहाल–नेपाल समूहसँग मिलेर जानुपर्ने धारणा राखेका छन्।

काठमाडौँ । नेपाली काँग्रेसले संसदीय दलको बैठक बोलाएको छ । आगामी शुक्रवार दिउँसो १ बजे संघीय संसद् भवन नयाँबानेश्वरस्थित ल्होत्से

बेइजिङ । शेयर बजारमा उछाल आएसँगै चीनमा गत वर्ष सन् २०२० मा २०० भन्दा बढी नयाँ अर्बपति थपिएका छन् ।

काठमाडौं । झापा जिल्लाको बिएण्डसी शिक्षण अस्पताललाई सम्बन्धन दिने तयारी भएको प्रधानमन्त्री केपी शर्मा ओलीले बताए । उनले आज बिर्तामोडस्थित