प्रवेशिका परीक्षामा खोटाङका १४ विद्यालय शून्य

५ असार २०७२, शनिबार १२:३६ मा प्रकाशित

खोटाङ, ५ असार । यस वर्षको प्रवेशिका परीक्षामा खोटाङका १४ विद्यालयको नतिजा शून्य भएका छन् । गत चैत महिनामा सञ्चालित परीक्षामा १४ विद्यालयका एक जनाले पनि उत्तीर्ण गराउन सकेन् । शुक्रबार सार्वजनिक भएको नतिजाअनुसार सिद्धेश्वरी मावि खिदिमा, शान्ति मावि छोरम्बु, सरस्वती मावि स–छितापोखरी, जनता मावि बतासे, राम्चे निकेतन मावि बतासे, बालकन्या मावि फाक्टाङ, लक्ष्मी मावि काहुले, जलेश्वरी मावि डम्बर्खुशिवालय, बालबालिका मावि मात्तिम, दाम्ली मावि डिकुवा, बेतुवा मावि फाक्टाङ, सिंहदेवी मावि बोपुङ र शिक्षा निकेतन मावि देवीस्थानको नतिजा शून्य भएको जिल्ला शिक्षा कार्यालय जनाएको छ ।

कार्यालयका अनुसार गत वर्ष जिल्लाका ९० वटा माविमध्ये ११ विद्यालयको नतिजा शून्य भएकोमा यस पटक बढेर १४ विद्यालयको नतिजा शून्य भएको छ ।

सिद्धेश्वरी मावि खिदिमाले लगातार तेस्रो पटक तथा बालकन्या मावि फाक्टाङ र जालपा मावि नुनथलाले लगातार दोस्रो पटक शून्य नतिजा ल्याएको कार्यालयले जनाएको छ । रासस

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । पर्यटन विकास आयोजना वागमती प्रदेश हेटौडा, मकवानपुरका सव–इन्जिनियर नेत्रप्रसाद लामिछाने ५० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् ।

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दका उपस्थितिमा दुवै पक्षबीच बिहीबार भएको सहमतिमा आज

नवलपरासी । सरकारले प्रतिबन्ध फुकुवा गरेसँगै नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ सार्वजनिक भएका छन् । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) नवलपुरको

काठमाडौं । वीरगन्जकी छपकैयाकी मुस्कान खातुनले अमेरिकी विदेश मन्त्रालय दिने अवार्ड पाएकी छन्। गत वर्ष विद्यालय जाँदै गर्दा तेजाब आक्रमणमा