संविधानको संरक्षण गर्नु राष्ट्रपतिको कर्तव्य हो

४ असार २०६९, सोमबार १६:५२ मा प्रकाशित

उपेन्द्र यादव, अध्यक्ष मधेशी जनअधिकार फोरम
० राजनीतिक दलहरुलाई मिल भनेर राष्ट्रपतिले केलाई संकेत गर्नुभएको हो ?
– मुलुकको अहिलेको अन्योल, अनिश्चिता अन्त्य गरी निकास दिनका लागि र मुलुकमा राजनीतिक संकट छ, त्यसलाई अन्त्य गर्नलाई मिलेर सहमति गरेर संविधान त बनाउन सकेनौं, त्यसपछि जुन संकट आएको छ, त्यसलाई हल गरे भन्नका लागि हो ।
० अब दलहरु मिलेर जान्छन् त ?
– राजनीति दलहरु एक ठाउँमा बस्ने र मूलभूत विषयमा सहमति गर्नुपर्ने मुलुकको आवश्यकता हो । त्यसको अर्को विकल्प छैन ।
० मिल्न सक्नुहुन्छ ?
– राजनीतिक रुपले मुद्दाहरुमा छलफल भयो भने यसमा सहमति कायम गर्न सकिन्छ ।
० राष्ट्रपतिले के के गर्न सक्नुहुन्छ ?
– राष्ट्रपति आपैmले गर्न सक्ने केही पनि छैन । विधि र सहमतिका आधारमा टेकेर थोरै काम राष्ट्रपतिले गर्न सक्नु हुन्छ । संविधानको दायराबाट बाहिर निस्केपछि संविधानको संरक्षकको हैसियतले संविधान संरक्षणका लागि कदम चाल्न सक्छ ।
० राष्ट्रपतिको अहिलेको कदम ठीक छ ?
– राष्ट्रपतिले मुलुकको चिन्ता गर्नु र दलहरुलाई मिलेर देश बचाउ भन्नु राष्ट्रपतिको हैसियतले त्यो कतव्र्य पनि हो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ, १९ बैशाख । विश्वमा कोरोना माहामारीका कारण नेपाल लकडाउन भएको १ महिना भन्दा बढी भइसक्यो । यो एक महिनाको

निरोज कुमार थापा, काठमाडौँ, १० असार । सबै मानिसहरु आफ्नो कर्ममा सफल हुन्छन् भन्ने छैन । तर निरन्तरको लगाव, कामप्रतिको

पर्यटन प्रवद्र्धनका लागि सन् २०१७ बाट हरेक वर्ष हिमालय ट्राभल मार्ट आयोजना हुँदै आएको छ । यसवर्ष पनि जुन ६

निरोज कुमार थापा, काठमाडौँ, ६ बैशाख ।  नेपालमा होमस्टेको इतिहाँस लामो छैन। यो अभियानले गति लिएको एक दशक पनि भएको