तोराखेत म्याग्दीका गाउँले पहिरो खस्ने डरले रातभरी जाग्राम

४ असार २०७२, शुक्रबार ११:३३ मा प्रकाशित

म्याग्दी, ४ असार । वर्षा सुरु भएसँगै गाउँमाथिको भीरबाट पहिरो खस्न सुरु भएपछि जिल्लाको बेनी नगरपालिका-४ बगरफाँटका बासिन्दा त्रासका कारण रातभर जाग्राम बस्न बाध्य छन् । म्याग्दीको भकिम्ली गाविस–९ तोराखेतको डिलबाट वर्षासँगै पहिरो खस्न थालेपछि भीरको पुछारमा रहेको बगरफाँटका बासिन्दा रातभर जाग्राम बस्न बाध्य भएका हुन् ।

विसं २०६६ देखि खस्न सुरु गरेको तोराखेतको पहिरोले हरेक वर्षायाममा गाउँलाई क्षति पुर्याउदै आएको छ । पहिरोकै कारण तोराखेतका १९ घर परिवार घर छोडेर अन्यत्र बस्न थालेका छन् । पहिरो फुट्यो भने १९० घरधुरी रहेको बगरफाँट गाउँका साथै बेनीबजारको मङ्गलाघाट क्षेत्रलाई समेत खतरा हुने जिल्ला भू संरक्षण कार्यालय म्याग्दीका भूसंरक्षण अधिकृत दिवाकर पौडेलले बताउनुभयो ।

वर्षाको सुरुवातसँगै तोराखेतको पहिरो खस्ने क्रम सुरु भएको छ । रातको समयमा पहिरो खस्दा बगरफाँटका बासिन्दा घरबाहिर निस्केर पहिरो हेर्दै रात बिताएको बगरफाँटका टेकबहादुर कार्कीले बताउनुभयो । रासस

प्रतिक्रिया
सम्बन्धित खवर

खलङ्गा । जुम्ली मार्सी चामल र जैविक सिमीलगायत कृषिवस्तुका माग अन्तररष्ट्रिय बजारमा बढ्न थालेको छ । जिल्लाबाट पहिलोपटक रु छ

कोरोना महामारीका कारण अहिले धेरैजसो चिजबस्तुहरुको खरिद विक्री अनलाईनबाटै हुन थालेको छ । थुप्रै ब्यापारिक अनलाईन साइटहरु पनि सञ्चालनमा आएका

रुकुम (पूर्व) का कृषक ओखर खेतीतर्फ आकर्षित भएका छन् । प्रशस्त मात्रामा हाडे ओखर पाइने यस जिल्लाका कृषक पछिल्लो समय

गलकोट । बागलुङ जिल्लामा बर्सेनि सम्बन्धविच्छेदका घटना बढ्दै गएको छ । जिल्ला अदालत बागलुङमा परेका मुद्दा र फैसलाको तथ्याङ्कअनुसार सम्बन्धविच्छेद