‘संबिधानमा बहुलबाद र हिन्दु धर्म सहितको धार्मिक स्वन्त्रता नराखिए आन्दोलन’

३ असार २०७२, बिहीबार २३:४३ मा प्रकाशित

काठमाडौ, ४ असार । कांग्रेस नेता एवम सनातन हिन्दु राष्ट्र स्थापना महाअभियानका संयोजक खुमबहादुर खड्काले अब बन्ने संविधानमा धर्म निरपेक्ष लिएकै दिन आफूहरू आन्दोलनमा उत्रने चेतावनी दिएका छन् । रिपोर्टर्स क्लब नेपालले अयोजना गरेको कार्यक्रममा कांग्रेस नेता खड्काले धर्म निरेक्षता नेपाली काग्रेसको लागि पनि दुर्भाग्यपूर्ण हुने भन्दै कांग्रेस पतनको बाटोमा जाने र देशको सत्ता कम्यूनिष्टहरुको हातमा पुग्ने भबिष्यबाणी गरे । खड्काले धर्मनिरपेक्षतामा जनमत संग्रह गर्नु पर्ने माग गर्दै बहुतको आधारमा धर्म निरपेक्षताको फैसला गरे त्यो दुर्भाग्यपूर्ण हुने भएकोले आफूहरुले त्यसलाई नस्विकार्ने समेत स्पष्ट पारे । खड्काले भने, ‘विश्वकै उत्कृष्ट भनिएको २०४७ सालको संविधान को हालत के भयो? सबैले देख्नु नै भएको छ। धार्मिक स्वतन्त्रतासहितको सनातन हिन्दु राष्ट्र उल्लेख नगरे त्यस्तो संविधान हामी मान्दैनौ च्यातेर आन्दोलनमा जान्छौ ।’ खड्काले धर्म निरपेक्षताको विषयमा पार्टीमा कतै छलफल नभएको भन्दै अकस्मात धर्म निरपेक्षता भन्ने शब्द कहाँबाट आयो भनि प्रश्न गरे । खड्काले नेपाल हिन्दु राष्ट्र नहुन्जेलसम्म आफ्नो अभियान जारी रहने भन्दै बहुलबाद समेत संविधानको प्रस्तावनामा लेखिनु पर्ने माग गरे ।  खड्काले बहुमतको आडमा मधेसवादी दलहरुलाई उपेक्षा गरेर संविधान जारी गर्ने दुष्प्रयास नगर्न चेतावनी दिदै फेरि मधेसमा आन्दोलन भए त्यसले काग्रेस र एमाले जस्ता पार्टीलाई समाप्त पारेर सीके राउत जस्ता विखण्डनकारीलाई माथि उठाउने ठोकुवा गरे । खड्काले भने, ‘मधेसको भावनालाई समेटेर अघि बढ्नु पर्छ ।’ महाअभियानका सह संयोजक लक्ष्मण घिमिरेले मुलुकको संकट समाधान गर्न पनि हिन्दु राष्ट्र कायम हुनु पर्ने भर्न्दै धर्मको विषयमा जनमत संग्रह गर्नु पर्ने माग गरे ।  उनले हिन्दु राष्ट्र नेपालको पहिचान भएको भन्दै शान्ति प्रक्रियाबाट हतियारको ब्यवस्थापन गरे पनि पुर्नस्थापित संसदको घोषणाले अर्को द्धन्द निम्त्याएको दावी गरे । घिमिरेले प्रधानमन्त्रीलाई पनि यो विषयमा ध्यान आर्कषण गराएको र उहाँले आफू पनि धार्मिक स्वतन्त्रताको पक्षमा रहेको बताएको जानकारी दिए । महाअभियानका सदस्य सचिव कुमार रेग्मीले राष्ट्रियताको आधार धर्म र भाषा भएको भन्दै यसले मुलुकको मौलिकता र एकता कमजोर बनाउने बताए । रेग्मीले १६ बुँदे सम्झौता धर्म निरपेक्षताको विषयमा मौन रहेको प्रति असन्तुष्टि प्रकट गर्दै जनमत संग्रहबाट यसको विवाद टुङग्याउने ब्यवस्था गर्न माग गरे ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । राउत क्षत्री सेवा समाज नेपालको १३औं बार्षिक साधारणसभा तथा छैठौं अधिवेशनले इञ्जिनियर भगवानबहादुर राउतलाई पुनः अध्यक्षमा चयन गरेको

काठमाडौँ । ललितपुरको पाटन दरबार क्षेत्रबाट हराएको लक्ष्मीनारायणको मूर्ति अमेरिका सरकारले नेपाललाई हस्तान्तरण गरेको छ । एकतीस वर्षदेखि टेक्सस राज्यको

काठमाडौं । नेकपा ओली समूहको संसदीय दलको बैठक सकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बसेको बैठकमा प्रधानमन्त्री तथा ओली

काठमाडौँ । सरकारको नेतृत्व गरिरहेको नेपाल कम्युनिष्ट पार्टीभित्रको विवाद उत्कर्षमा पुगिरहेको बेला प्रतिनिधिसभाको सातौँ अधिवेशन भोलि आइतबारदेखि शुरु हुँदैछ ।