एसएलसी परीक्षाको नतिजा शुक्रबार साँझ

३ असार २०७२, बिहीबार २३:३३ मा प्रकाशित

काठमाडौ, ४ असार । यस वर्षको एसएलसी परीक्षाको नतिजा शुक्रबार सार्वजनिक हुने भएको छ । परीक्षा नियन्त्रण कार्यालय भक्तपुरले परीक्षाको नतिजा सार्वजनिक गर्न शुक्रबार अपराह्न ४ बजे परीक्षा बोर्डको बैठक बोलाएको छ । शुक्रबार साँझसम्म काम नसकिए शुक्रबार नतिजा सार्वजनिक गर्ने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । प्राविधिकतर्फको परीक्षाफल सार्वजनिक गर्न भने केही समय लाग्ने भएको छ । प्राविधिकतर्फ यस वर्षदेखि ग्रेडिङ प्रणाली लागू गरिने छ । गत चैत्रमा भएको एसएलसी परीक्षामा नियमिततर्फ ४ लाख २६ हजार २ सय १४ जना, एक्जाम्टेडतर्फ १ लाख ५४ हजार १ सय ८३ जना र प्राविधिकतर्फ ३ हजार २ सय ८८ जना परीक्षार्थी सहभागी भएका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । जनता समाजवादी पार्टीले जसपाले संसदीय दलको बैठक बोलाएको छ । मंगलबार बोलाइएको बैठकमा प्रतिनिधिसभामा पार्टीको भूमिका र पछिल्लो

ओछ्यानमै सुतिरहेको अवस्थामा अज्ञात समूहद्वारा १५ दिन पहिले बेपत्ता पारिएका पिपरा गाउँपालिका– ५ सहोडवाका वृद्ध दम्पती अझै फेला परेका छैनन्

काठमाडौं । निर्वाचन आयोगमा सरिता तिवारीको अध्यक्षतामा दर्ता भएको नेकपा एमालेले बैठक बोलाएको छ । सर्वोच्च अदालतले नेकपालाई पार्टी एकीकरणको

आफन्तसँग ढाँटेर रु एक लाख ऋण लिएर व्यवसाय शुरु गरेका एक युवा १५ वर्षमा ११ होटल र रेष्टुराँको मालिक बनेका