बैद्यसँग होईन, संस्थानपक्षले अब पार्टी विवादमा विस्तारित बैठकमा छलफल गर्ने

४ असार २०६९, सोमबार १६:३१ मा प्रकाशित

काठमाडौ, ४ असार । एकीकृत नेकपा माओवादीको संस्थापन पक्षले पार्टीभित्रको विवाद आगामि असार १५ गतेकोलागी बोलाईएको पार्टीको विस्तारित बैठकबाट मिलाउने निर्णय गरेको छ ।
प्रचण्ड निवास लाजिम्पाटमा बसेको स्थायी समितिको बैठकले बरिष्ठ उपाध्यक्ष मोहन बैद्य किरणसँगको एकता र सहमतिको प्रयासको औचित्य सकिएको निष्कर्स निकाल्दै विस्तारित बैठकबाटै विवादको छिनोफानो गर्ने निर्णय गरेको हो ।
उपाध्यक्ष तथा प्रधानमन्त्री डा बाबुराम भट्टराईको ब्राजिल भ्रमण र सम्पत्ति शुद्वीकरणसम्बन्धी २ ओटा विधेयक ल्याउनको लागि राष्ट्रपति समक्ष गरिएको सिफारिस उचित भएको निष्कर्ष बैठकले निकालेको छ । तर सुपुर्दगी सन्धीको विषयमा भने बैठकले प्रधानमन्त्रीलाई अगाडि नबढाउन भनेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

लण्डन । कोरोना संक्रमणले तीन साताभित्र विदेशमा पछिल्ला तीन साताभित्र थप ३९ जना नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपाललगायतलाई पार्टीमा कुनै ठाउँ नभएको बताएका छन् । काठमाडौँ जिल्ला कमिटीको

काठमाडौं । सरकारले कोरोना भाइरस सङ्क्रमणविरुद्धको खोप आगामी असोजमसान्तसम्म एक करोड ८३ लाख ८२ हजार ८५० मात्रा ल्याउने भएको छ

झापा । विर्तामोडको एउटा होटलमा २२० डोज भेरोसिल खोपसहित स्वास्थ्य शाखा विर्तामोडका फोकल पर्सन ओमबहादुर खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको छ