साउनमा मोडल हन्ट

३ असार २०७२, बिहीबार ०८:१९ मा प्रकाशित

काठमाडौ । गत बैशाख १२ गते गएको शक्तिशाली भुकम्पले अडिसन सरेको सौदर्य प्रतियोगीता ‘मोडल हन्ट नेपाल २०१५’ को अडिसन सुरु हुने भएको छ । नेक्ष्ट मोडलस् नेपालले मोडलिङ पेसालाई थप ब्यवसायिक, एवं मर्यादित बनाई फेसन तथा मोडलिङ जगतमा नया“ आयम थप्ने उदेश्यले नेपालमै पहिलो पटक आयोजना गर्न लागेको प्रतियोगीताको पहिलो अडिसन आगामी ५ र १९ गते राजधानिमा आयोजना गरिने बुधबार एक बिज्ञप्तिी जारी गर्दै आयोजक नेक्ष्ट मोडलस्ले जानकारी गराएको छ ।

11051574_396081513905594_1710502749_nइन्डिया, श्रीलंका, पाकिस्तान, बंगलादेशलगायतका देशमा चर्चित सौदर्य प्रतियोगीता ‘मोडल हन्ट’ यस पटक नेपालमा पनि आयोजना गरिन लागीएको हो । नेपाली मुलका युवा युवतीहरुको प्रतिभालाई प्रोत्साहित गर्नुका साथै समाजमा जिम्मेवार नागरिक बनाउन र अन्तराष्ट्रिय स्तरको मोडल बन्ने अवसर प्रदान गर्न प्रतियोगीता आयोजना गर्न लागिएको आयोजक संस्था नेक्ष्ट मोडलस् नेपालका अध्यक्ष रवि धमलाले बताए । युवाहरुको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धी, क्षमता उजागरलगायत नेतृत्वदायी क्षमताको विकास गरी अन्तराष्ट्रिय स्तरको मोडल बन्न कार्यक्रमले सहयोग पुग्ने उनको भनाई रहेको छ ।
१६ देखि २८ वर्ष ननाघेका फ्रेस फेसका युवायुवतीहरुले प्रतियोगीतामा सहभागीता जनाउन सक्ने प्रावधान आयोजकले राखेको छ । पहिलो चरणको अडिसनबाट छानिन सफल प्रतियोगीलाई अन्तिम स्पर्धाको लागी एक महिने प्रशिक्षण दिइनेछ ।
IMG_9838 Copyप्रशिक्षणका क्रममा उनिहरुलाई अन्तराष्ट्रिय रनवे ,ब्यक्तित्व बिकाश, आर.जे भि.जे, अन्तराष्ट्रिय फोटोग्राफी एबं फोटो सुट, संञ्चार कला, स्टेज फकमेन्सलगायत बिषयमा दक्ष व्यक्तित्वहरुद्धारा प्रशिक्षण दिइनेछ । प्रतियोगिताको जानकारी नेक्ष्ट मोडलस् नेपालको केन्द्रिय कार्यालय अनामनगरमा पाउन सकिनेछ ।
प्रतियोगीतामा शिर्ष सहित आधा दर्ज उप–विधामा पुरस्कृत गरिने आयोजकले जनाएको छ । प्रतियोगीताको बिजेताले शिर्ष उपाधिका साथमा नगद १ लाख रुपैया, चलचित्रका लागी मुख्य अभिनेता वा अभिनेत्रीको अवसर केही म्युजिक भिडियो, बिज्ञापन चलचित्र अभिनय अवसरका साथै अन्तराष्ट्रिय प्रतियोगीतामा भाग लिने अवसर पुरस्कारका रुपमा जित्न सक्नेछन् । प्रतियोगीताको अन्तिम स्पर्धा साउन २३ गते राजधानिमा हुनेछ ।

प्रतिक्रिया
सम्बन्धित खवर

बलीउड नायिका प्र‍ियंका चोपडाले अमेरिकाको न्यूयोर्कमा ‘सोना’ नामक भारतीय रेष्टुरेन्ट खोलेकी छन् । चोपडाले इन्ट्राग्राममा रेष्टुरेन्टको तस्वीर राखेर आफुले सुरु

काठमाडौं । भर्सस्टाइल गायक रूद्रसेन विश्वकर्माको नयाँ म्युजिक भिडियो ‘आबन बैठ भट्भटिया प’ वर्ल्डवाईड रिलिज गरिएको छ । भिडियोमा उनी

काठमाडौं । उदयमान युवा गायक आयुष खतिवडाले आफ्नो दोस्रो अफिसिएल म्युजिक ‘निर्दोष माया’ सार्वजनिक गरेका छन्। किशोरावस्थाको प्रेम र आकर्षणलाई

भारतको आयकर विभागले ६ सय ५० करोड रुपैयाँ भन्दा बढीको हिनामिना भएको विवरण सार्वजनिक गरेको छ । हिनामिनाको आरोपमा विभागले