नेपालमा भूकम्पले सगरमाथालाई दक्षिणपश्चिमतर्फ सार्यो : चिनियाँ अध्ययन

३ असार २०७२, बिहीबार ०१:१४ मा प्रकाशित

बेइजिङ, ३ असार । अप्रिल महिनामा नेपालमा आएको विनाशकारी भूकम्पले सगरमाथालाई तीन सेन्टिमिटर ९एक इन्चभन्दा केही बढी० दक्षिणपश्चिमतर्फ सारेको तर त्यसको उचाइमा परिवर्तन नभएको मङगलबार प्रकाशित एक चिनियाँ अध्ययन प्रतिवेदनमा उल्लेख गरिएको छ ।

विश्वको सबैभन्दा अग्लो हिमाल विस्तारै उत्तरपूर्वी दिशातर्फ अगाडि बढिरहेको अवस्थामा नेपालमा आएको ७।८ गहनताको भूकम्पले यस्तो कार्यलाई विपरीत दिशातर्फ अगाडि बढाएको चीनको सर्वेक्षण, नक्साङ्कन तथा भौगोलिकसूचनासम्बन्धी राष्ट्रिय प्रशासनले पत्ता लगाएको छ । सगरमाथा नेपाल तथा चीनको सीमामा अवस्थित छ ।

सगरमाथाको उचाइ आठ हजार ८४८ मिटर अर्थात २९ हजार २९ फिट भएको बताइन्छ । यस प्रकोपले सगरमाथाको उचाइमा परिवर्तन नगरेको चीनको सरकारी आमसञ्चारले प्रकाशन गरेको समाचारमा उक्त प्रतिवेदनलाई उद्धरण गरिएको छ ।

प्रतिवेदनमा सगरमाथा गत दशकमा प्रति वर्ष चार सेन्टिमिटरका गतिले ४० सेन्टिमिटर उत्तरपूर्वतर्फ अगाडि बढेको र यस अवधिमा यसको उचाइ तीन सेन्टिमिटरले बढेको बताइएको छ ।

नेपाल दुई वनावटीय प्लेटबीच प्रमुख समस्याग्रस्त रेखामा अवस्थित छ । यीमध्ये एक प्लेटमा युरोप तथा एसिया अवस्थित छ र यो प्रतिवर्ष दुई सेन्टिमिटरका दरले उत्तरतर्फ अगाडि बढिरहेको छ । यसै प्रक्रियाको आधारमा हिमालय सिर्जना भएका हुन् ।

कोलोराडो विश्वविद्यालयका भौगर्भिक विज्ञानका प्राध्यापक रोजर बिलहामले चिनियाँ अनुसन्धान प्रतिवेदनलाई समर्थन गर्नुभएको छ ।

उहाँले यस क्षेत्रमा सगरमाथा उभिएको र यस चालमा सगरमाथा केही सेन्टिमिटर दक्षिणतर्फ तानिएको बताउनुभयो ।

अप्रिल २५ मा गएको भूकम्पका र मे १२ मा गएको परकम्पका कारण आठ हजार ७०० भन्दा बढी व्यक्तिको मृत्यु भएको छ । यसका कारण पहिरो गएका छन् र करिब पाँच लाख घर नष्ट भएका छन् । हजारौँ मानिस घरवारबिहीन भएका छन् ।

वैज्ञानिकहरूले घना जनसङ्ख्या भएको र भूकम्पको केन्द्रबिन्दुबाट ८० किलोमिटर दक्षिणपूर्वी भागमा अवस्थित काठमाडौँ उपत्यका यस भूकम्पका समयमा करिब दुई मिटर सरेको बताएका छन् ।

सन् १९५४ मा भारतले गरेको सर्वेक्षणमा सगरमाथाको उचाइ आठ हजार ८४८ मिटर भएको निक्र्यौल गरिएको थियो ।

चीनले सगरमाथामाथि रहेको चार मिटरको हिउँको थुप्रो कम गरी मापन गरेको छ । सन् १९९९ मा एक अमेरिकी समूहले जीपीएस प्रविधि उपयोग गरी सगरमाथाको उचाइ आठ हजार ८५० मिटर भएको निक्र्यौल गरेको थियो । उक्त मापनलाई युएस नेसनल जियोग्राफिक सोसाइटीले उपयोग गरेको छ ।

तेन्जिङ नोर्गे शेर्पा तथा एडमन्ड हिलारीले सगरमाथा आरोहण गर्नुभन्दा करिब १०० वर्ष अगाडि सन् १८५६ मा सगरमाथा पहिलो पटक मापन गरिएको हो ।

सन् २०१० मा नेपाल तथा चीनबीच एक सहमति भई नेपालले सगरमाथाको उचाइ आठ हजार ८४८ मापन गर्ने र चीनले त्यसको हिमको थुप्रो हटाइ आठ हजार ८४४ मिटर मापन गर्ने गरेको एएफपीले आफ्नो समाचारमा उल्लेख गरेको छ ।

अप्रिलमा गएको भूकम्पका कारण आएको हिमपहिरोबाट सगरमाथा आधार शिविरमा १८ व्यक्तिको मृत्यु भएको थियो भने त्यसका कारण गृष्ममा केही समयका लागि आरोहरण स्थगन गरिएको थियो ।

चिनियाँ अधिकारीहरूले सगरमाथाको उत्तरी भागबाट आरोहण गर्ने कार्य यस वर्षका लागि रोकेको छ । रासस

प्रतिक्रिया
सम्बन्धित खवर

मानव अधिकार तथा शान्ति समाजको केन्द्रीय कार्यसमितिको सभापतिमा रुपन्देहीका गोविन्द खनाल निर्विरोध निर्वाचित हुनुभएको छ । शान्ति समाजको यही फागुन

हङकङ । चीनको उच्च कानून निर्माता निकाय नेशनल पिपुल्स कांग्रेस एनपीसीले हङकङमा राष्ट्रवादीले मात्रै शासन गर्न पाउने योजना सार्वजनिक गरेको

चितवनको रामपुरस्थित एक फर्निचर उद्योगमा शुक्रबार राति आगलागी भएको छ । भरतपुर महानगरपालिका–१९ रामपुरस्थित मधु सापकोटाको अनुपम फर्निचर उद्योगमा आगलागी

कोरोनाको त्रास कायमै रहेका बेला यस वर्षको महाशिवरात्रि पर्व मनाउन पशुपति क्षेत्र विकास कोषले ११ वटा समिति गठन गरेको छ