भारतले थाहा पाउला भन्दै मध्यरातमा सहमति गरेको खुलासा

३ असार २०७२, बिहीबार ०१:०८ मा प्रकाशित

काठमाडौ, ३ असार । १६ बुँदे सम्झौता गर्दा मित्रराष्ट्र भारतले कुनै प्रकारले सुइँको नपाओस् भन्नेमा चार प्रमुख दलका नेताहरू अत्यन्त सचेत बनेको जानकारीमा आएको छ । गत जेठको तेस्रो साता राष्ट्रिय सहमतिको सरकार निर्माण निम्ति जुटेका प्रमुख दलका नेताहरू ‘संविधान बनाएर मात्र सरकार परिवर्तन गर्ने’ निष्कर्षमा पुगेका थिए । जेठ २० गतेभित्र सहमति बनाएर २१ गतेको संविधानसभा बैठकलाई उपलब्धिमूलक तुल्याउन कटिबद्ध नेताहरूले जेठ २५ (पच्चीस) गते मध्यरातमा आठ प्रदेशको सङ्घीयतामा जाने निर्णयसहित १६बुँदे सम्झौता गरेका थिए । प्रमुखबाहेक अन्य नेताहरू सम्मिलित बैठकका सूचनाहरू विदेशीहरूसम्म सजिलै पुग्ने गरेबाट ‘आजित’ बनेका उनीहरूले साता दिनअघि नै सबै विवादको टुङ्गो लगाएर सहमति बनाउने जिम्मा लिएका थिए । त्यसैले २५ गते प्रधानमन्त्रीनिवास बालुवाटारमा भएको बैठकमा प्रमुखबाहेक दोस्रो, तेस्रो पुस्ताका अरू कुनै नेताको सहभागिता थिएन । आफूहरू एकदम ‘सुरक्षित भएको’ ठानेर सुशील कोइरालाले भने, ‘विदेशीहरूले हामीभित्र खेल्ने मौका नपाऊन्, खासगरी भारतको भूमिकाबाट म हैरान भएको छु ।’ कोइरालाले यति भन्नेबित्तिकै विजयकुमार गच्छदारले थप्ने मौका पाए । गच्छदारले निकै गम्भीर मुद्रा बनाएर भने, ‘हामी कसरी सहमतिमा पुग्दै छौँ भन्ने जानकारी भारतलाई नहोस्, राति अबेरसम्म बसेर भए पनि हामीले आजै सम्झौता गरिसक्नुपर्छ । भोलि भन्न थाल्यौँ भने सम्झौता नहुन पनि सक्छ ।’ गच्छदारको कुरा सुनेपछि सुशीलले भने, ‘ठीक भन्नुभयो ।’ प्रचण्डले पनि गच्छदारको कुरामा सहमति जनाउँदै टाउको हल्लाए । उपस्थित तीन नेताले भनेको कुरामा केपी ओलीले असहमति जनाउने स्थिति थिएन, उनले पनि सहमति जनाए । यसरी नेताहरूबीच कुरा भएको करिब पाँच घन्टापछि मध्यरातमा १६बुँदे सम्झौता भएको थियो । २०६२ साल मङ्सिर ७ गते सम्पन्न १२बुँदे सम्झौतायता मित्रराष्ट्र भारतको जानकारीबिना दलहरूबीच सम्झौता भएको यो दोस्रो घटना मानिन्छ । यसअघि २०६८ सालमा झलनाथ प्रधानमन्त्री बन्ने क्रममा अन्य दलहरूसँग गरेको चारबुँदे सम्झौता पनि भारतको जानकारीबिना भएको विश्वास गरिएको छ । नेपालको शान्ति स्थापना र लोकतन्त्र संस्थागत एवम् सुदृढ तुल्याउने हरेक कदममा मित्रराष्ट्र भारतको साथ–सहयोग प्राप्त गर्दै आएका दलहरूले अहिले आएर भारतलाई नै छलेर किन सम्झौता गर्नुपरेको हो, बुझ्न सकिएको छैन ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल-नेपाल समूहका नेताहरु निर्वाचन आयोग पुगेका छन् । पार्टीको नयाँ निर्णयबारे जानकारी गराउन र

खलङ्गा । जुम्ली मार्सी चामल र जैविक सिमीलगायत कृषिवस्तुका माग अन्तररष्ट्रिय बजारमा बढ्न थालेको छ । जिल्लाबाट पहिलोपटक रु छ

रुकुम (पूर्व) का कृषक ओखर खेतीतर्फ आकर्षित भएका छन् । प्रशस्त मात्रामा हाडे ओखर पाइने यस जिल्लाका कृषक पछिल्लो समय

काठमाडौं । नेकपा नामको विवादमा फैसला मिति सरेको छ । आफ्नो पार्टीको नामसँग मिल्दोजुल्दो नाम राखिएको भन्दै ऋषि कट्टेलले निर्वाचन