विपक्षीको विरोधका बाबजुद राष्ट्रपतिद्धारा सम्पत्ति सुद्धिकरण सहितका दुई विवादि अध्यादेश जारी

४ असार २०६९, सोमबार १६:२७ मा प्रकाशित


काठमाडौ, ३ असार । विपपक्षी दलहरुको विरोधका बाबजुद राष्ट्रपति डा रामबरण यादवले सरकारले पेश गरेको सम्पत्ति सुद्धिकरणसहित दुई वटा अध्यादेश जारी गरेका छन् ।
राष्ट्रपतिले आज सम्पत्ति सुद्धिकरण सहित पारस्परिक कानूनी सहायता सम्बन्धीत अध्यादेश अनुमोदन गरी जारी गरेका हुन ।
हिजो प्रधानमन्त्री डा बाबुराम भट्टराईले सम्पत्ति सुद्धिकरण सम्बन्धी अध्यादेश अनुमोदन गर्न राष्ट्रपति डा रामबरण यादवसमक्ष अनुरोध गरेका थिए । सो विधेयक पारित नभए मुलुक अन्तर्राष्ट्रिय स्तरमा कालोसुचिमा पर्ने सम्भावना थियो ।
राष्ट्रपति कार्यालयले राष्ट्रले अन्तर्राष्ट्रिय समूदाय समक्ष गरेको प्रतिबद्धता र राष्ट्रिय हितलाई ध्यानमा राखेर अध्यादेश जारी गरेको राष्ट्रपति कार्यालय स्पष्ट पारेको छ । प्रतिपक्षी दलहरु नेपाली काग्रेस र एमालेले भने अध्यादेश जारी नगर्न राष्ट्रपतिलाई दवाव दिदै आएका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । सरकारले विभिन्न ११ वटा मुलुकमा राजदूत नियुक्तिका लागि ११ जनाको नाम सिफारिस गरेको छ । मन्त्रिपरिषदको यसअघिकै बैठकले

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली २ जेठ २०७५ मा फर्किन सहमत भएका छन्

काठमाडौं । प्रतिसिलिन्डर ४ सय रुपैयाँमा किनेको अक्सिजनलाई कतिसम्ममा बेच्न पाइन्छ ? कालोबजारीसम्बन्धी ऐनले २० प्रतिशतसम्म नाफा लिन छुट दिन्छ।

काठमाडौं । समाजसेवी उत्तम कार्कीले वडास्तरीय आइसोलेसन सेन्टरका लागि १८ थान अक्सिजन सिलिण्डर सहयोग गर्नुभएको छ । मुलुकमा अक्सिजन अभाव