संविधानमा सङ्घीयता नराखे संविधानसभा परित्याग गर्ने:  महतो

२ असार २०७२, बुधबार ०१:०४ मा प्रकाशित

काठमाडौँ, २ असार । नेपाल सद्भावना पार्टीले विगतमा भएको सहमति अनुसार संविधानमा पहिचान सहितको सङ्घीयता समावेश नगरे संविधानसभा परित्याग गर्ने घोषणा गरेको छ । पार्टीको तर्फबाट मंगलबार राजधानीमा आयोजना गरेको पत्रकार सम्मेलनमा पार्टीका अध्यक्ष राजेन्द्र महतोले १६ बुँदे सहमतिमा सिमाङ्कन, नामाङ्कन थाती राखी सङ्घीयता बिनाको संविधान बनाए आफ्नो पार्टीलाई मान्य नहुने बताए । उनले भने, ‘पार्टीले जेठ २५ गते चार दलबीच भएको १६ बुँदे सहमतिलाई धोकाको रुपमा लिएको  छ ।’

अध्यक्ष महतोले उक्त सम्झौता नेपाली जनताको भावना तथा अन्तरिम संविधान विपरित भएको भन्दै सङ्घीयताको नाममा षड्यन्त्र भएको पनि आरोप समेत लगाए । संविधानसभावाट चाँडै संविधान निर्माण गर्ने उद्देश्यले निर्वाचित जनताका प्रतिनिधिको अधिकारलाई कुण्ठित गरेको भन्दै सङ्घीयताका लागि अन्तिम समयसम्म सङ्घर्ष गर्ने त्यसो गर्दा पनि आफ्नो मागको सुनुवाई नभए सडक सङ्घर्षको माध्यमबाट आफ्नो मुद्दालाई स्थापित गराउने बताए ।

पार्टीले सीमाङ्कनसहितको सङ्घीय संविधानका लागि वृहद अभियान चलाउने बताएको छ जसमा असार ७ र ८ गते पूर्व झापादेखि पश्चिम कञ्चनपुरसम्मका तराईका २० जिल्लामा पार्टीले अन्तक्र्रिया कार्यक्रम सञ्चालन गर्नेछ ।

प्रतिक्रिया
सम्बन्धित खवर

गुल्लरिया । बर्दियाको बाँसगढी नगरपालिकामा एकै दिन चार बालिका बलात्कारको शिकार भएका छन् । १४ वर्षीय एक किशोरले एकै दिन

मोरङ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीले नेपाल औषधि व्यवस्था विभाग विराटनगरमा कार्यरत एक अधिकृतलाई घुसको रकमसहित बिहीबार पक्राउ

काठमाडौं । विगत् १० महिनादेखि श्रीलंका कारागारमा रहेका २६ नेपाली महिला तत्काल छुट्ने सम्भावना नरहेको श्रीलंकास्थित नेपाली दूतावासले जनाएको छ

बुटवल । सेवाग्राहीसँग ५० हजार रुपैयाँ घुस लिएको आरोपमा रुपन्देहीको गैडहवामा कार्यरत सशस्त्र प्रहरीका प्रहरी निरीक्षक (इन्स्पेक्टर) सहित दुई जना