निर्वाचन आचार संहिता विपरित सरकारद्धारा नेपाल प्रहरीमा ब्यापक सरुवा

४ असार २०६९, सोमबार १६:२१ मा प्रकाशित

काठमाडौ, ४ असार । प्रधानमन्त्री डा बाबुराम भट्टराईको ब्राजिल भ्रमण अघि बसेको मन्त्री परिषदको बैठकले नेपाल प्रहरीका पाँच एआईजी र १९ डिआईजीको सरुवा गरेको छ ।
बैठकले एआईजी किरण गौतमलाई मानव स्रोत विभाग, प्रकास कुवँरलाई प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगन्ज, कुवेरसिह राणालाई कार्य विभाग, नवराज ढकाललाई महानगरिय प्रहरी आयूक्तको कार्यालय रानी पोखरी र भिष्म प्रसाईलाई प्रशासनमा सरुवा गरेको छ ।
त्यसैगरी डिआईजी पर्शुराम खत्रीलाई पूर्वान्चल, यादव अधिकारीलाई मध्यमान्चल, रमेश शेखर बज्राचार्यलाई पश्चिमान्चल, विज्ञानराज शर्मालाई मध्यपश्चिमान्चल र शुशिलबर सिह थापालाई सुदुरपश्चिमान्चल क्षेत्रीय कार्यालयमा प्रमुख बनाएर पठाएको छ । विरेन्द्रबाबु श्रेष्ठलाई त्रिभुवन विमानस्थल, नारायण वास्ताकोटीलाई प्रति आतंकवाद सेलमा, केशव अधिकारीलाई मेट्रो २ मा, गोपाल भण्डारीलाई अख्तियारमा तथा केशबहादुर शाहीलाई मध्यपश्चिममा सरुवा गरिएको छ । प्रबन्धमा विज्ञानराज शर्मा र टपेन्द्र हमाललाई लागु औषध कानुन कार्यान्वयन ईकाईमा पठाइएको छ ।
त्यसरी नै बैठकले प्रधानमन्त्री डा बाबुराम भट्टराईको ब्राजिल भ्रमणलाई स्विकृत गरेको छ भने प्रधानमन्त्रीको अनुपस्थितिमा काम गर्न उपप्रधान तथा गृहमन्त्री विजयकुमार गच्छदारलाई कार्यबाहक दिने निर्णय पनि गरेको महिला बालबालिका तथा समाज कल्याणमन्त्री बद्री प्रसाद न्यौपानेले जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पार्टीको केन्द्रीय महाधिवेशन स्थगन गरेको छ । यही जेठ २२ देखि २५ गतेसम्म काठमाडौंँमा

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर थप ८१६७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका

काठमाडौं । सरकारले विभिन्न ११ वटा मुलुकमा राजदूत नियुक्तिका लागि ११ जनाको नाम सिफारिस गरेको छ । मन्त्रिपरिषदको यसअघिकै बैठकले

इजराइल र प्यलोस्टाइनको हमास समुहबिचको पछिल्लो भिडन्तमा ज्यान गुमाउनेको संख्या १ सय २६ पुगेको छ । गत सोमवार पश्चिम किनारामा