संघियताका पक्षधर तीन साना दलहरुको एकता, संबिधान सभामा पाँचौँ शक्तिको उदय

१ असार २०७२, मंगलवार ०१:०६ मा प्रकाशित

काठमाडौँ, १ असार । संबिधान सभामा प्रतिनिधित्व गर्ने संघियताका पक्षधर तीन साना दलहरु एकीकृत भएका छन् । मधेशी जनअधिकार फोरम, सङ्घीय समाजवादी पार्टी र खस समावेशी पार्टीले सोमबार राजधानीमा पार्टी एकीकरणको घोषणा गरेका हुन् । संबिधान सभामा दश जना सभासद् भएको फोरम र पाँच जना सभासद् रहेको संघिय समाजवादी र खस समावेशी बीच एकिकरण भएपछि गठन भएको “सङ्घीय समाजवादी फोरम” नामको नयाँ पार्टी संविधानसभामा पाँचौँ शक्तिको रूपमा उदय भएको हो ।नयाँ पार्टीको अध्यक्षमा फोरम नेपालका उपेन्द्र यादव रहेका छन् भने संघिय समाजवादीका अध्यक्ष अशोक राई “वरिष्ठ नेता”को रूपमा दोस्रो वरियतामा रहेका छन् । त्यसै गरि खस समावेशीका अध्यक्ष डा. युवराज कार्कीलाई पार्टीको उपाध्यक्ष बनाइएको छ । नयाँ पार्टीको २०९ सदस्यीय केन्द्रीय समितिमा वरिष्ठ नेतालाई समेत गणना गरेर १५ सदस्यीय पदाधिकारी राखिएको छ, जसमा फोरमबाट सात, समाजवादीबाट छ र खसबाट दुई जना पर्तिनिधित्व हुने ब्यबस्था मिलाइएको छ । एकीकृत पार्टीमा सह अध्यक्ष राजेन्द्र श्रेष्ठसहित पाँच उपाध्यक्ष, दुई महासचिव, दुई उप–महासचिव र एक कोषाध्यक्ष राखिएको छ । नयाँ पार्टी एकिकरण पछि जारि बिज्ञप्तिमा साना साना आन्दोलनका झट्काबाट ठूला ठूला परिवर्तनको अपेक्षा गर्न नसकिने उल्लेख गर्दै प्रतिक्रियावादीहरू थर्कमान हुने राजनीतिक शक्तिको आवश्यकता भएकोले परिवर्तन पक्षधरहरू एक हुनु परेको बताइएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

योङ स्टार क्लबद्वारा सञ्चालित सामुदायिक रेडियो सोलु एफएमका कार्यालयमा आगलागी भएको छ । आज विहान लागेको आगलागी नियन्त्रणमा आइसकेको रेडियो

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार पोखरामा गण्डकी प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्नुहुने भएको छ । पार्टीको प्रदेश कमिटीले

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले अविश्वास प्रस्तावबाट आफूलाई हटाएर देखाउन चुनौती दिएका छन् । उनले प्रतिनिधि सभा विघटन गर्ने

काठमाडौ । न्यायाधीशकी श्रीमती ब्राउन सुगरसहित पक्राउ परेकी छिन् । उच्च अदालत सुर्खेतका न्यायाधीश मदन पोखरेलको श्रीमती तुलसीपुर उपमहानगरपालिका–५ निवासी