काँग्रेसको आसन्न महाधिवेशन निर्धारित तिथिमै सम्पन्न हुने

३१ जेष्ठ २०७२, आईतवार २३:२८ मा प्रकाशित

काठमाडौँ, ३१ जेठ । मुलुककै सबै भन्दा ठुलो र पुरानो प्रजातान्त्रिक दल नेपाली काँग्रेसले पार्टीको आशन्न तेह्रौँ महाधिवेशनका लागि आफ्नो तयारी तीव्र बनाएको छ ।

महाधिवेशन तयारी स्वरुप क्रियाशील सदस्यता विवादलाई अन्तिम टुङ्गोमा पुर्याउनका लागि पार्टीको महाधिबेशन केन्द्रित गतिबिधि देश ब्यापी बनाउने अभियान सुरु गरिएको छ ।

पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव ऋषिकेश तिवारीले हालसम्म ६० जिल्लामा क्रियाशील सदस्यताको टुङ्गो लगाइसकिएको बताए ।

विभिन्न जिल्लामा देखिएको क्रियाशील सदस्यताको विवाद मिलाउन पार्टीले केन्द्रबाट प्रतिनिधि खटाएको छ ।

क्रियाशील सदस्यता छानबिन गर्नका लागि पार्टी केन्द्रीय सदस्य नरहरि आचार्यको संयोजकत्वमा रमेश लेखक र रामकृष्ण यादव सदस्य रहनुभएको केन्द्रीय क्रियाशील सदस्यता छानबिन समिति गठन गरिएको र त्यसले काम गरिरहेको छ ।

क्रियाशील सदस्यता छानबिन समितिले सदस्यता वितरणमा धेरै विवाद देखिएका जिल्ला सिरहा, सप्तरी, पर्सा र रौतहट जिल्लामा पछिल्लो समयमा त्यहीँ गएर विवाद मिलाउन प्रतिनिधि खटाइसकेको छ । छानबिन समितिका सदस्य रामकृष्ण यादवले दिएको जानकारी अनुसार क्रियाशील सदस्यता विवाद एक-दुई दिनभित्रमा टुङ्गिने छ ।

यादवका अनुसार ती जिल्लामा जिल्ला सभापति र क्षेत्रीय सभापतिबीच विवाद देखिएको छ ।

पार्टीको केन्द्रीय महाधिवेशन आगामी भदौ २४ देखि २८ गतेसम्म हुने कार्यक्रम छ ।

निर्धारित कार्यतालिका अनुसार जिल्ला अधिवेशन साउन २६, क्षेत्रीय अधिवेशन साउन २२ र नगर तथा गाउँ अधिवेशन साउन १४ गते गर्ने योजना रहेको पार्टीका सङ्गठन विभाग प्रमुख आनन्दप्रसाद ढुङ्गानाले जानकारी गराए ।

ढुङ्गानाले भने, ‘असार १५ गतेभित्र क्रियाशील सदस्यता छानबिनको सबै काम पूरा गर्ने पार्टीको योजना छ, सदस्यता विवाद टुङ्गो लाग्नेबित्तिकै द्रुतगतिमा महाधिवेशन तयारी अगाडि बढ्ने छ ।’

नेता ढुङ्गानाका अनुसार भूकम्पका कारण प्रभावित क्षेत्रमा पार्टीका नेता खटिरहनुभएको हुँदा केही समययता केन्द्रीय समितिको बैठक बस्न सकेको छैन ।

ढुङ्गानाले भने, ‘अब चाँडै नै केन्द्रीय समितिको बैठक बसी पार्टीको महाधिवेशनमा प्रस्तुत हुने नीति तथा कार्यक्रम, विधान, राजनीतिक दस्तावेज तय गरिनेछ ।’ सकेसम्म निर्धारित मितिमा नै महाधिवेशन गर्नका लागि पार्टीले आफ्नो क्रियाशीलता बढाएको ढुङ्गानाले बताए ।

प्रतिक्रिया
सम्बन्धित खवर

प्रधानमन्त्री केपी शर्मा ओलीले आज कोभिड–१९ विरुद्धको खोप लगाउनुभएको छ । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा बिहान पुगेर प्रधानमन्त्री ओलीले धर्मपत्नी

काठमाडौं । अमेरिकी सिनेटले १९ खर्ब डलरको राहत प्याकेजसम्बन्धी विधेयक पारित गरेको छ । कोरोना महामारीका कारण समस्यामा परेकाहरुका लागि

काठमाडौं । आजदेखि देशभर ६५ वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई कोरोनाविरुद्धको खोप दिन शुरु गरिँदै छ । कोरोना विरुद्धको दोस्रो चरणको

काठमाडौं । प्रतिनिधिसभाको सातौँ अधिवेशन आजदेखि शुरु हुँदैछ । सरकारको नेतृत्व गरिरहेको नेपाल कम्युनिष्ट पार्टीभित्रको विवाद उत्कर्षमा पुगिरहेको बेला सर्वोच्च