काठमाडौँ उपत्यका सङ्कटग्रस्त क्षेत्र घोषणा

३१ जेष्ठ २०७२, आईतवार २३:१७ मा प्रकाशित

काठमाडौँ, ३१ जेठ । भूकम्पका कारण जोखिमयुक्त बनेका घर भत्काउन सरकारले काठमाडौँ उपत्यकाका तीन जिल्लालाई थप एक वर्ष सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको छ ।

मन्त्रिपरिषद्को आजको बैठकले काठमाडौँ, ललितपुर र भक्तपुरलाई जोखिमयुक्त बनेका घर भत्काउन थप एक वर्ष सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चार मन्त्री डा मीनेन्द्र रिजालले जानकारी दिनुभयो ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले दैवी प्रकोप उद्धार ऐन, २०३९ बमोजिम जोखिममा रहेका घर भत्काउने प्रयोजनका लागिमात्र तीन जिल्लालाई सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको हो ।

सरकारले स्थापना गरेको रु दुई खर्बको राष्ट्रिय पुनःनिर्माण कोषमा अन्तर्राष्ट्रिय सहयोग जुटाउन गैरनेपाली आवासीय सङ्घका अध्यक्ष शेष घलेलाई सद्भावना विशेष दूतका रुपमा नियुक्त गर्ने निर्णय गरेको सञ्चार मन्त्री डा रिजालले बताउनुभयो ।

बैठकले रानीबारी हत्याकाण्डको सफल अनुसन्धान गर्ने प्रहरी नायब महानिरीक्षक हेमन्त मल्ल ठकुरीलाई रु ३० हजार, प्रहरी नायब उपरीक्षक भीमबहादुर दाहाललाई रु २५ हजार, प्रहरी निरीक्षकद्वय महेश बस्नेत र दीपेन्द्र अधिकारीलाई जनही रु २२ हजार नगद पुरस्कार दिने निर्णय गरेको छ ।

त्यस्तै सरकारले महालेखा नियन्त्रकको कार्यालय र नेपाल ट्रष्टको कार्यालयमा रिक्त विशिष्ट श्रेणीको रिक्त पदमा क्रमशः राजेन्द्र नेपाल र केदारबहादुर अधिकारीलाई कायममुकाय नियुक्त गरी पदस्थापन गर्ने निर्णय गरेको छ ।

भूकम्पबाट प्रभावित पर्यटन क्षेत्रलाई प्रवद्र्धन गर्ने उद्देश्यले सरकारले पर्यटन तथा नागरिक उड्डयन मन्त्री कृपाशुर शेर्पाको अध्यक्षतामा राष्ट्रिय पर्यटन प्रवद्र्धन समिति गठन गर्ने निर्णय गरेको मन्त्री डा रिजालले बताउनुभयो । रासस

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संसद अधिवेशन आव्हान गरेकी छन् । सोमबार बसेको मन्त्रिपरिषद बैठकको सिफारिस गरेअनुसार राष्ट्रपति भण्डारीले फागुन

डोटी । जिल्लामा एघार प्रतिशत किशोरी उमेर नपुग्दै गर्भवती हुने गरेको पाइएको छ । जिल्ला स्वास्थ्य कार्यालयको तत्थ्याङ्कअनुसार जिल्लाभरका स्वास्थ्य

योङ स्टार क्लबद्वारा सञ्चालित सामुदायिक रेडियो सोलु एफएमका कार्यालयमा आगलागी भएको छ । आज विहान लागेको आगलागी नियन्त्रणमा आइसकेको रेडियो

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार पोखरामा गण्डकी प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्नुहुने भएको छ । पार्टीको प्रदेश कमिटीले