संविधान लेखनमा सहभागी हुन मधेसी दलका नेतालाई प्रधानमन्त्री कोइरालाको आग्रह

३१ जेष्ठ २०७२, आईतवार ००:१९ मा प्रकाशित

काठमाडौँ, ३० जेठ । प्रधानमन्त्री सुशील कोइरालाले प्रमुख चार दलबीच भएको १६ बुँदे सहमतिप्रति असहमति जनाउँदै आएका मधेसी जनअधिकार फोरम नेपालसहितका साना राजनीतिक दलका नेतालाई बोलाएर संविधान निर्माणमा सहभागी हुन आग्रह गर्नुभएको छ ।

ती पाँच राजनीतिक दलका नेतालाई प्रधानमन्त्री कोइरालाले आफूहरु सङ्घीयताप्रति प्रतिबद्ध रहेकाले संविधान निर्माणलाई अगाडि बढाउने सन्दर्भमा सबैको हकअधिकारको सुनिश्चितता गरिने प्रतिबद्धता जनाउनुभएको थियो ।

सो अवसरमा मधेसी जनअधिकार फोरम, नेपालका अध्यक्ष उपेन्द्र यादव, तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर, सङ्घीय समाजवादी पार्टीका अध्यक्ष अशोक राई, सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो र तराई मधेस सद्भावना पार्टी नेपालका रामनरेश रायले प्रधानमन्त्रीसमक्ष १६ बुँदे सहमति संविधानको मूल मर्मको भावना विपरीत रहेकाले सच्याउन माग गर्नुभएको थियो ।

सङ्घीयतालाई थाती राख्ने प्रयत्न गरेर संविधान जारी गर्नेभन्दा सत्तासँग जोडेर १६ बुँदे सहमति ल्याइएको आफूहरुलाई आशङ्का भएकाबारे प्रधानमन्त्रीलाई जानकारी गराइएको बैठकमा सहभागी तराई मधेस लोकतान्त्रिक पार्टीका सहअध्यक्ष हृदयेश त्रिपाठीले बताउनुभयो ।

सो अवसरमा उहाँले १६ बुँदे सहमतिलाई सच्याएर सबै राजनीतिक दललाई सहमतिमा ल्याउने प्रयास नगरी निर्धारित कार्यसूचीअनुसार नै अघि बढाउन खोजिएमा आफूहरु त्यसको विरुद्धमा रहेको जानकारी समेत गराएको बताउनुभयो । रासस

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । संयुक्त राष्ट्रसंघको विकास नीतिसम्बन्धी समितिले नेपाललाई अति कम विकसित राष्ट्रबाट स्तरोन्नति गर्न सिफारिस गरेको छ । फागुन १०

नेपाल फ्रान्स कुटनीतिक सम्बन्ध स्थापनाको ७०औ वर्षगाँठको उपलक्ष्यमा प्रकाशित स्मारिका “कर्म” को नेपालस्थित फ्रान्सेली राजदूत फ्रन्स्वा जाभिए लेजेर पेरिसस्थित नेपाली

काठमाडौं । पूर्वमन्त्री कुबेर शर्माको निधन भएको छ । २०५९ सालमा पर्यटनमन्त्री भएका शर्माको ८४ वर्षको उमेरमा शुक्रबार काठमाडौंमा निधन

काठमाडौं । सरकारले फागुन २३ गते प्रतिनिधिसभाको बैठक बोलाउन सिफारिस गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार साँझ