एन्फा अध्यक्ष ललितकृष्ण श्रेष्ठको करेन्ट लागेर मृत्यु

३० जेष्ठ २०७२, शनिबार १०:४४ मा प्रकाशित

ललितपुर, ३० जेठ । अखिल नेपाल फुटबल संघ (एन्फा) का कार्यवाहक अध्यक्ष ललितकृष्ण श्रेष्ठको करेन्ट लागेर निधन भएको छ । ललितपुर भैँसेपाटीस्थित नयाँ घरमा शुक्रबार मात्रै सरेका श्रेष्ठलाई करेन्ट लागेपछि उपचारका क्रममा अल्का अस्पताल लागिएको थियो जहाँ उनको निधन भएको हो । ४९ वर्षीय श्रेष्ठ ललितपुरको थ्रिस्टार क्लबका अध्यक्ष समेत रहेका थिए । यस अघि भ्रष्टाचारको विषयमा सार्वजनिक लेखा समितिले छानबिन गरेपछि एन्फा अध्यक्ष गणेश थापाले आफ्ना विश्वासपात्रका रुपमा रहेका श्रेष्ठलाई गत कात्तिकमा कार्यवाहक जिम्मेवारी दिएका थिए । त्यसअघि उनी एन्फाका वरिष्ठ उपाध्यक्ष थिए । २०४३ सालदेखि थ्रीस्टारमा आवद्ध श्रेष्ठ तीन पटक यसका अध्यक्ष चुनिएका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाल कम्युनिष्ट पाटी (नेकपा) दाहाल–नेपाल समूहका दुईजना अध्यक्षले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवासमा पुगेर भेटवार्ता गरेका छन्

म्यूनिख । च्याम्पियन लिगको साविक विजेता वायर्न म्यूनिखले सानदार जीत हासिल गरेको छ । आज बिहान सम्पन्न च्याम्पियन लिग अन्तिम

जाजरकोट । जुनिचाँदे गाउँपालिकाले पाँच सय बढी सुत्केरी महिलालाई तेल, कुखरा र न्यानो कपडा वितरण गरेको छ । सुत्केरी आमासँग

काठमाडौँ । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णयविरुद्ध परेको रिट निवेदनको सुनुवाइपछि सो कदम असंवैधानिक भएको ठहर गर्दै पुनःस्थापना