उपाय त रहेछन् नि !! :: बाबुलाल भण्डारी

३० जेष्ठ २०७२, शनिबार १०:२१ मा प्रकाशित

जापानमाथि दोश्रो विश्वयुद्धमा प्रयोग भएका अणुवमका विकिरण प्रभाब, रेडियोथेरापी उपचार र कार्यक्षेत्रमा विकिरणको सामना गर्ने ब्यक्ति हरुको स्वास्थ्यमा देखिएका पाश्र्व प्रभाबबाट रेडिएसन (विकिरण) बाट शरीरमा पर्ने दुस्प्रभाब वर्षौ अघि सिद्ध भईसकेका हुन् । तर यसैलाई लामो समय देखि क्यान्सरको एउटा प्रमुख उपचारको रुपमा अपनाइने गरीएको छ । यसमा अत्यन्त शक्तिशाली किरणहरुलाई बाहिर बाट पठाउने वा यसको विकल्पमा श्रोतलाई नै शरीर भित्र राख्ने जस्ता इन्टर्नल वा इक्सटर्नल दुई तरीकाबाट उपचार दिने गरिएको हुन्छ र आन्तरिक रेडिएशन उपयोग गर्नेहरुबाट सम्पर्कमा रहने दोश्रो व्यक्तिलाई समेत विकिरण प्रभाव पर्ने मानिन्छ । पटक पटकका ठुलो मात्राका यस्ता आयन रेडिएसनवाट क्यान्सरको कोषिकालाई लक्षित गरीए पनि अन्य स्वस्थ कोषिका र अङ्गलाई समेत विषाक्त असर पर्न गई उपचाररतः व्यक्तिको साधारण स्वास्थ्य र प्रतिरोधी क्षमता नै कम्प्रोमाइज्ड हुने परिस्थिति अद्यापी छदैछ र यसको असर स्वस्थ्य कोषको डि.एन्.ए.मा प्रत्यक्ष नोक्सानी वा फ्रि रेडिकल निर्माणको माध्यमबाट हुने गर्छ ।

औषधी जगतको एउटा मान्यता के हो भने क्यान्सर जति बढि आक्रामक हुन्छ यसका कोषहरु त्यतिनै अनुपातमा विकिरण प्रतिरोधी हुन्छन् । त्यसैले रेडियाथेरापी पछि ट्युमरको आकार घट्नुमा प्रायः क्यान्सर कोषको विनासबाट नभई खासमा स्वस्थ्य कोषहरुको विनासबाट मात्र संभव हुन्छ भनेर मान्ने चिकित्सकहरुको संख्या पनि सानो छैन । वरु उल्टै यस्तो थेरापी पछि शेष रहने ट्युमरमा प्राय क्यान्सर कोष नै सुरक्षित बाँकी रहने र ती झनै प्रतिरोधी बन्ने र रेडियो थेरापीको उपचारबाट केही समय पछि शरीरमा दोश्रो क्यान्सर पैदा हुने बलियो आधार तयार हुन्छ । किमो र रेडिएसन दुबै जुटेको अवस्थामा यो सम्भावना अझ बढेर जान्छ । स्पष्ट छ किमोथेरापी र रेडियोथेरापीले क्यान्सर वृद्धिमा ठुलो रफ्तार थपिदिने हुदा यी दुवै उपाय स्वयंमा प्रत्युत्पादक हुने औषधी जगतकै अनुभव छ । स्मरणिय छ, क्यान्सरको निदान पछि हामीलाई रोग विरुद्ध लड्न अझ ससक्त तागतको जरुरत पर्ने संकटापन्न घडीमा यी उपचारले हाम्रो प्रतिरक्षा प्रणालीलाई तोड्ने, क्षीण पार्ने र शरीरमा अरु असन्तुलन ल्याउने उल्टो काम गर्दछन् ।

आजका प्रविधिहरु भौतिक शास्त्रको क्वान्टम सिद्धान्तमा आधारित छन जसबाट हाम्रो शारिरिक मानसिक लगायतका कार्य प्रणाली र शरीर सञ्चालनको सामग्रिक तस्विर प्रकट हुन्छ तर औषधी विज्ञानमा चाहि हामी अझै पनि न्युटनको पुरातन जीवशास्त्रीय प्रस्थापना र लुइसपास्चरको जिवाणु सिद्धान्तबाट अधि बढ्न नसकेको प्रतित हुन्छ । सुरु सुरुमा १५ वर्षको क्यान्सर मुक्त जीवनलाई सफल उपचार मानिने गरेकोमा पछि घटाएर १० हुदै हाल विरामीको ५ वर्षको टिकाउलाई क्यान्सर उद्योगको परिभाषामा सफल उपचार मानिन थालेको र यस्तो अवधि उपचारको प्रारम्भ देखि नभई रोगको निदान भएको मिति देखि गणना हुने हुदा ५ वर्ष समयावधी व्यतित भएको भोलि पल्टै विरामीको मृत्यु भएमा पनि यो सफल उपचारको श्रेणीमा दरिन जान्छ । कुनै दिन ५ वर्षको अवधीलाई पनि संसोधन गरी १ वर्ष गरिएछ भने आश्चर्य हुने छैन । त्यस्तै किमो र रेडिएशनको कारणबाट सिर्जित हृदयाघात र न्यूमोनिया लगायतका संक्रमणबाट हुने मृत्युमा क्यान्सर उपचारलाई असफल मानिन्न । यति मात्र होइन, धेरै अङ्गमा सरि सकेको मेटास्टाटीक क्यान्सर रोगीको मृत्यु भएमा एउटा बाहेक अन्य अङ्गको क्यान्सर उपचारलाई सफल नै मान्ने गरिन्छ । यि र यस्तै सुचकहरुमा टेकेर क्यान्सर उपचारका पछिल्ला आंकडाहरुमा धेरै सुधारको दावी गरेको पाइन्छ जो वास्तविक होईन । निस्चित रुपले हामी क्यान्सर उपचारमा धेरै अगाडी आई सक्यौं तर सफलताको हिसावले अझै पनि जहाँको त्यहिँ वा अझ पछि छौं । उपचारमा गलत दिशा र बाटो अख्तियार हुदै आएकोले यत्रा साधन, स्रोत, समय र पैसा बगाउदा पनि तथ्याङ्कमा हामी विजयी देखिन सकौंला तर क्यान्सर विरुद्धको लडाँई भने वस्तुतः हामीले हार्दै गइरहेका छौं । अब, हामीजस्ता साधारण मान्छेहरुलाई पनि अनुभब हुन थालेको छ, क्यान्सर भनेको एउटा अङ्ग विशेषको खुद्रा रोग नभएर सिङ्गो शरीर प्रणालीको मेटाबोलिक रोग हो । त्यसैले खुद्रा उपचार गरुञ्जेल शरीर प्रणाली भित्रको मूल मेटाबोलिक कारणको उपचार हुन सक्ने छैन र क्यान्सर दोहोरिन पनि छाड्ने छैन ।अनुभवले निरन्तर यहि कुरा पुष्टी गर्दै आएको छ । तसर्थ अब पूनः प्रस्थान विन्दुमा फर्केर बैकल्पिक बाटोबाट क्यान्सरको उपचार खोजिनु निहायत जरुरी भई सकेको छ ।

वैकल्पिक उपचारको दिशामा ज्यादै ठूला, सर्वस्विकृत र नोबेल पुरस्कारले समेत विभुषित कैयौंं दूरगामी अनुसन्धान भएका छन् र खुसीको कुरा यो हो कि ति सबै हाम्रो गांउ घरमा सहज उपलब्ध हुने फलफूल, सागसब्जी र खाद्यमा आधारित छन् जस्मा विपन्न भन्दा विपन्न तप्काको समेत पहुंच बन्छ । सयौंको संख्याका यि प्रत्येक उपाय प्रचण्ड असरदार मानिन्छन् र यिनलाई विश्व प्रसिद्ध चिकित्सकहरुले उच्चतम सफलताका साथ प्रयोग गर्दै र लाखौंलाई पुनर्जिवन दिंदै आएका पनि छन् । तर औषधोपचारमा बलियो अर्थ राजनीतिले नै होला एलोपेथिमा तिनीहरु अझै भित्रिन सकेका छैनन् र निकट भविष्यमा त्यस्तो संभावना समेत देखिन्न ।हामीसँग एक भन्दा एक योग्य चिकित्सक छन् तर उनीहरुका आफ्नै सिमा र विवसता पनि छन् । आफुले पढेर आएको, जानेको वा अभ्यासमा रहेको पद्धति भन्दा अर्को बाटो समात्न उनीहरुलाई अस्पतालको परिवेशले दिंदैन । जतिसुकै असाध्य अवस्थामा पनि विरामीलाई अप्रेशन, रेडिएशन र किमोको चक्रव्यूहमा लग्नु नै उनीहरुको नियमित बाध्यता रहन्छ । फेरी पनि स्वास्थ्य क्षेत्रमा देशकै सबै भन्दा प्रखर र उर्जाशिल मस्तिष्क कार्यरत रहनु हाम्रो सौभाग्य मान्नुपर्छ । तसर्थ हाम्रा चिकित्सकले चाहे भने विरामीमैत्री आमुल परिवर्तनका आयाम खुल्न सक्ने छन् भन्नेमा विश्वस्त हुन सकिन्छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

डोटी । जिल्लामा एघार प्रतिशत किशोरी उमेर नपुग्दै गर्भवती हुने गरेको पाइएको छ । जिल्ला स्वास्थ्य कार्यालयको तत्थ्याङ्कअनुसार जिल्लाभरका स्वास्थ्य

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार पोखरामा गण्डकी प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्नुहुने भएको छ । पार्टीको प्रदेश कमिटीले

काठमाडौ । न्यायाधीशकी श्रीमती ब्राउन सुगरसहित पक्राउ परेकी छिन् । उच्च अदालत सुर्खेतका न्यायाधीश मदन पोखरेलको श्रीमती तुलसीपुर उपमहानगरपालिका–५ निवासी

काठमाडौं । विशिष्ट व्यक्तिका मुहारलाई क्यान्भासमा सजाउने दोस्रो संस्करणको पहिलो अवसर गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)का पूर्वअध्यक्ष जीवा लामिछानेलाई जु¥यो ।