​ताप्लेजुङमा गएको पहिरोमा ज्यान गुमाउनेको संख्या ६० पुग्यो

३० जेष्ठ २०७२, शनिबार ००:४० मा प्रकाशित

ताप्लेजुङ, २९ जेठ । बुधबार राती आएको अविरल बर्षासंगै गएको पहिरोमा परी ताप्लेजुङमा ज्यान गुमाएका ३२ जनाको शव आफन्तलाई बुझाइएको छ ।

पहिरोमा परी अहिलेसम्म ६० भन्दा बढीले ज्यान गुमाइसकेका छन् । यद्यपी अहिलेसम्म ३५ जनाको मात्र शब भेटिएको र अन्य १८ जना बेपत्ता रहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

सुरक्षाकर्मी र स्थानीयवासिन्दाले खोज तथा उद्धारका क्रममा पहिरोमा पुरिएका ३५ जनाको शव फेला पारेको ताप्लेजुङ्गका प्रहरी नायव उपरिक्षक शान्तिराज कोइरालाले बताए ।

त्यहाका दर्जन बढी गाविसमा पहिरो गएको छ । केही गाविसमा पहिरो जाने क्रम अझै पनि रोकिएको छैन् । आज साझँ पनि हल्का पानी परिरहेको संवाददाता माला पालुंगाले बताएकी छन् ।

दुर्गम र पहिरो प्रभावित सबै गाविसहरुमा प्रहरी पूग्न नसकेकाले पनि मृत्यु हुनेको एकिन संख्या आउन ढिलाई भएको छ । स्थानीय बासीका अनुसार मृत्तकको संख्या अझै बढ्ने अनुमान छ ।

प्रहरी नायव उपरीक्षक कोइरालालका अनुसार थिङलाबु ६ मा २७ बर्षका पुष्पा लिम्बु, ३० बर्षका सन्तोष लिम्बु, ३४ बर्षकी चन्द्रकला लिम्बु, ९ बर्षकी बुनु लिम्बु, ८ बर्षकी सानु लिम्बु, ६ बर्षकी फुङ्ली लिम्बु र ४ बर्षकी कान्छी लिम्बुको मृत्यु भएको छ ।

त्यस्तै लिवाङ गाविस १ स्थीत ८ बार्षकी सपना लिम्बु, ३ वर्षका आशिस लिम्बु र ३ महिनाको शिशु सोनिया लिम्बुको शव फेला छ । बिहीबार २१ जनाको शव फेला परेको थियो ।

ताप्लेजुङ्गका लिंतेप, थिंलाबु, खोक्लिंङ्ग, सान्थाक्रा, लिबाङ्ग, खाम्लुङ्गलगायत ठाउँमा पहिरो जाँदा २ सय ५० घर बगाएको अनुमान गरिएको छ ।

आज पनि विहानैदेखि पानी परेका कारण हेलिकप्टरले उद्धार गर्न नसेकेको र सोही खराब मौसमका कारण पहिरो प्रभावित क्षेत्रको प्रधानमन्त्री कोइराला तथा एमाले अध्यक्ष ओलीबाट हुने भनिएको स्थलगत निरिक्षण कार्यक्रम पनि स्थगित भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाल कम्युनिष्ट पाटी (नेकपा) दाहाल–नेपाल समूहका दुईजना अध्यक्षले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवासमा पुगेर भेटवार्ता गरेका छन्

जाजरकोट । जुनिचाँदे गाउँपालिकाले पाँच सय बढी सुत्केरी महिलालाई तेल, कुखरा र न्यानो कपडा वितरण गरेको छ । सुत्केरी आमासँग

काठमाडौँ । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णयविरुद्ध परेको रिट निवेदनको सुनुवाइपछि सो कदम असंवैधानिक भएको ठहर गर्दै पुनःस्थापना

काठमाडौं । नेपाली सेनाले सर्वोच्च अदालतबाट विघटित प्रतिनिधिसभा पुनःस्थापनाको निर्णयसँगै उत्पन्न हुन सक्ने सुरक्षा चुनौती र परिस्थितिको सूक्ष्म अध्ययन र