भारतीय प्रधानमन्त्री र महतको भेट, सम्भव भए मोदी दाता सम्मेलनमा सहभागी हुने

३० जेष्ठ २०७२, शनिबार ००:३५ मा प्रकाशित

काठमाडौँ, २९ जेठ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा हुन गइरहेको अन्तर्राष्ट्रिय दाता सम्मेलनमा सम्भव भएसम्म सहभागी हुने बताएका छन् । नेपालले आयोजना गर्न लागेको दाता सम्मेलनमा सहभागी भइदिन अर्थमन्त्री डा रामशरण महतले नेपाल सरकारका तर्फबाट हस्तान्तरण गरेको निमन्त्रणापत्र स्वीकार गर्दै भारतीय प्रधानमन्त्री मोदीले यस्तो आस्वासन दिएका हुन् । भेटका अवसरमा प्रधानमन्त्री मोदीले पुनःनिर्माणको काममा भारत नेपाललाई जस्तोसुकै सहयोग गर्न तयार रहेको बताए ।

मोदीको भनाइ उद्धृत गर्दै अर्थमन्त्री डा महतले संचार माध्यमलाई दिएको जानकारी अनुसार मोदीले भने, नेपालमा हुन लागेको अन्तर्राष्ट्रिय दाता सम्मेलनमा सकेसम्म समय मिलाएर आउनेछु र पुनःनिर्माणको लागि नेपाललाई भारत जस्तोसुकै सहयोग गर्न पनि तयार छ ।’ अर्थमन्त्री डा महतले भारतीय प्रधानमन्त्रीसँगको भेट अत्यन्त सकारात्मक र सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको जानकारी दिए ।

अर्थमन्त्री डा महतका अनुसार भारतीय प्रधानमन्त्री मोदीसँग दुई देशको आर्थिक मुद्दा र भूकम्पपछि नेपालको पुनःनिर्माण अभियानबारे छलफल भएको थियो । अर्थमन्त्री डा महतले विपद्को अवस्थामा भारतीय जनता र भारतीय सरकारले पुर्याएको सहयोगप्रति आभार व्यक्त गरेका थिए । अर्थमन्त्री डा महतले भारतले विकट स्थानमा पुगेर हेलिकप्टरबाट भूकम्पपीडितको उद्धारमा ठूलो सहयोग पुर्याएको प्रसङ्गसमेत उल्लेख गरेका थिए । अर्थमन्त्री डा महतले भने, ‘पुनःनिर्माणको समयमा पनि भारतीय जनता र भारतको सहयोग जरुरी रहेकाले त्यसमा सहयोग गर्न मैले नेपालका तर्फबाट आग्रह गरेँ ।’

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । राष्ट्रिय सभाकी सांसद कोमल वलीले विघटित नेकपा नेता रघुजी पन्त विरुद्ध गाली बेइज्जतीको मुद्दा दायर गरेकी छन ।

काठमाडौं । नेकपाबाट राष्ट्रियसभा, प्रतिनिधिसभा र स्थानीय तहमा निर्वाचित ४६ जनप्रतिनिधि छन्। जब कि सर्वोच्च अदालतको आइतबारको आदेशले नेकपा एकीकरण

काठमाडौं । स्वदेशी उत्पादनलाई बढावा दिँदै आर्थिक समृद्धिको मार्गमा अगाडि बढ्ने लक्ष्यका साथ नेपाल उद्योग परिसङ्घले ‘मेक इन नेपाल स्वदेशी

दक्षिण कोरियामा रोजगारदाताले आवासको राम्रो प्रबन्ध गर्न नसके प्रवासी श्रमिकले कार्यस्थल परिवर्तन गरी आफ्नो इच्छाअनुसारको कम्पनीमा जान पाउने भएका छन्