टेक्सासमा अज्ञात लुटेराको गोलि प्रहारबाट नेपाली अमेरिकन समीरा शिवाकोटीको हत्या

२८ जेष्ठ २०७२, बिहीबार ११:३२ मा प्रकाशित

टेक्सास, २८ जेठ । अमेरिकाको टेक्सास राज्यको डेन्टनमा बसोबास गर्दै आएकी समीरा शिवाकोटीको आफैले संचालन गरेको ७४०० मेन स्ट्रिट कोलनीमा रहेको रेपिड़ो कन्भिनेंस स्टोरमा बुधबार बिहान ११:०० बजे अज्ञात लुटेराको गोली प्रहारबाट घटनास्थलमै मृत्यु भएको छ । स्थानिय प्रहरीले दिएको जानकारी अनुसार ३१ बर्षीय समीरा शिवाकोटीको अज्ञात लुटेराको गोली प्रहारबाट घटनास्थलमै मृत्यु भएको हो । टेक्सासस्थित नेपाली समुदायले दिएको जानकारी अनुसार बिगत ४ बर्ष देखि समीरा र उनका श्रीमान नवराज शिवाकोटीले ७४०० मेन स्ट्रिट कोलनीमा रहेको रेपिड़ो कन्भिनेंस स्टोर आफैले संचालन गर्दै आइरहेका थिए । मृतक समीरा शिवाकोटीको ३ बर्ष भन्दा कम उमेरका दुइ छोरीहरु छन् । स्थानिय प्रहरीले दिएको जानकारी अनुसार मृतक समीरा शिवाकोटी अनुहारमा अज्ञात लुटेराले प्रहार गरेको गोलि लाग्ने बित्तिकै उनको मृत्यु भएको थियो I

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दका उपस्थितिमा दुवै पक्षबीच बिहीबार भएको सहमतिमा आज

काठमाडौं । वीरगन्जकी छपकैयाकी मुस्कान खातुनले अमेरिकी विदेश मन्त्रालय दिने अवार्ड पाएकी छन्। गत वर्ष विद्यालय जाँदै गर्दा तेजाब आक्रमणमा

बेलायतको लण्डनमा लामो समयदेखि व्यवसाय गरेर बसिरहनुभएका व्यवसायी एवं समाजसेवी महन्त श्रेष्ठ बेलायतका लागि पर्यटन दूत नियुक्त हुनुभएको छ ।

झुट्टा विवरण पेश गरेर नाबालक परिचयपत्र बनाउन खोज्नेलाई सघाएको आरोप लागेका म्याग्दीको धवलागिरि गाउँपालिका–३ मुनाका वडाध्यक्ष पुर्म पुन र सचिव