एमालेको राष्ट्रिय भेला सुरु, जनजाति नेताहरुद्धारा बहिस्कार

४ असार २०६९, सोमबार १४:२३ मा प्रकाशित

काठमाडौ, ४ असार । संविधानसभाको विघटपछिको राजनीतिक परिस्थितिको बारेमा छलफल गरेर पार्टीको धारणा तय गर्न नेकपा एमालेको दुईदिने राष्ट्रिय कार्यकर्ता भेला आजदेखि काठमाडौंमा सुरु भएको छ । राष्ट्रिय सभागृहमा अध्यक्ष झलनाथ खनालले उद्घाटन गरेको भेलामा गएको जेठ १४ मा विघटन भएको संविधानसभा,नयाँ राजनीतिक परिवेश तथा पार्टीको आगामी योजनाको बारेमा छलफल भईरहेको सचिव शङ्कर पोखरेलले जानकारी दिए । देशभरबाट भेला भएका नेता तथा कार्यकर्ताहरुको सुझावको आधारमा संघीयता, राज्यपुनर्संरचनाको स्वरुप लगायतका भावी संविधानका विषयवस्तुको बारेमा औपचारिक धारणा बनाइने सचिव पोखरेलले बताए । भेलामा पार्टी अध्यक्ष झलनाथ खनालले पछिल्लो राजनीतिक घटनाक्रमको बारेमा राजनीतिक प्रतिवेदन पेस गरेका छन् ।  बैठकमा केन्द्रीय कमिटी, केन्द्रीय अनुशासन आयोग, लेखा परिक्षण आयोग, केन्द्रीय निर्वाचन आयोगका पदाधिकारी तथा सदस्य, केन्द्रीय सल्लाहकार परिषद्, जेष्ठ कम्युनिष्ट मञ्च, केन्द्रीय विभाग, अञ्चल समन्वय कमिटीका सचिवहरु र घोषित जसनंगठनका केन्द्रीय अध्यक्ष, उपाध्यक्ष र महासचिवहरुको सहभागिता रहेको एमालेले जनाएको छ । भेलामा राजनीतिक तथा संवैधानिक संकटका सम्बन्धमा महत्वपूर्ण प्रस्तावहरु प्रस्तुत तथा पारित गरिने बताइएको छ ।
यसैबीच जातिय पहिचानको आधारमा प्रदेश बनाउनुपर्ने लगायतका आफूहरुका माग पूरा गर्न नेतृत्वले पहल नगरेकोभन्दै एमालेका आदिवासी, जनजाति नेताहरुले भने आजदेखि सुरु हुने कार्यकर्ता भेला बहिस्कार गरेका छन् ।
उपाध्यक्ष अशोक राईले आज एक विज्ञप्ति निकालेर जानजाती आदीबासीका तर्फबाट पार्टीमा प्रस्ततु ९ बुँदे मागपत्रमा पार्टीको कुनै प्रतिबद्धता नआएको भन्दै बैठक बहिस्कार गरेको स्पष्ट पारेका छन् । उनले सो मागपत्र भेलामा छलफल गर्नु पर्ने, सोलुखुम्बु उपसचिव आङकाजी शेर्पाको निस्कासन फिर्ता लिनु पर्ने लगायतका माग पुरा नभए पार्टीको कुनै पनि कार्यक्रममा सहभागी नहुने स्पष्ट पारेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । पछिल्लो २४ घण्टामा ३,८४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १०,८८६ पीसीआर

काठमाडौं । नेकपा माओवादी केन्द्रबाट एमाले प्रवेश गरेका चार नेताले सांसद पदमा पुनर्बहालीको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका

काठमाडौं । सरकारले विभिन्न देशबाट कोरोनाविरुद्धको खोप आयातलाई तिब्रता दिएको छ । तर सरकारले खोप अभियानलाई व्यवस्थित गर्न नसक्दा नागरिक

काठमाडौं । नेपालले अमेरिकासँग कोरोनाविरुद्धको थप खोप सहायताका निम्ति अनुरोध गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले संयुक्त राज्य अमेरिकाका विदेशमन्त्री