बैद्य पक्षको भेलाद्धारा नयाँ पार्टी गठनका पक्षमा सुझाव

४ असार २०६९, सोमबार १४:१७ मा प्रकाशित

काठमाडौ, ४ असार । राजधानीमा जारी एकीकृत नेकपा माओवादीका बरिष्ठ उपाध्यक्ष मोहन बैद्य किरण समूहको राष्ट्रिय भेलाका सहभागीहरुले नयाँ पार्टी गठनको पक्षमा आफ्नो मत ब्यक्त गरेका छन् ।
हिजो बरिष्ठ उपाध्यक्ष मोहन बैद्यले पेश गरेको नयाँ पार्टीका नाम नेकपा माओवादी क्रान्तिकारी राख्ने प्रस्ताव सहितको राजनीतिक प्रतिवेदनमाथि भेलामा भएको छलफलमा त्यस्तो सुझाव आएको हो ।
राजनीतिक प्रतिवेदनमाथि २१ समूहमा छलफल भएको थियो । स्रोतका अनुसार २१ वटै समूहको छलफलबाट नयाँ पार्टी गठनको पक्षमा सुझाव आएको छ ।
भेलामा राजनीतिक, साङ्गठनिक लगायत अन्य प्रतिवेदनको बारेमा सामूहिक छलफल भईरहेको छ । भेलामा प्रस्तुत प्रस्ताव पारित भएमा एकीकृत माओवादी पार्टी औपचारिक रुपमै विभाजन हुने छ । भेला बौद्धस्थित शेर्पा सेवा समाजको सभाकक्षमा जारी छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

बुटवल । गत शुक्रबारबाट सम्पर्कविहीन भएकी लुम्बिनी प्रदेशसभा सदस्य विमलाकुमारी खत्री वलीको अदृष्य स्थानबाटै प्रेस विज्ञप्ति बाहिर आएको छ ।

जनकपुरधाम । महोत्तरीको लोहरपट्टी नगरपालिका ७ भ्रमरपुराकी २६ वर्षीया सुजिता ठाकुर हत्या मुद्दामा उनका बुबासहित थप तीनजनालाई प्रहरीले पक्राउ गरेको

काठमाडौं । दार्चुलाको महाकाली नदीमा व्यास गाउँपालिका–२ का जयसिंह धामी बेपत्ता भएको घटनालाई लिएर युवा संघले काठमाडौंस्थित भारतीय राजदूतावासको कार्यालय

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका कारण देशमा राजनीतिक संकट उत्पन्न भएको आरोप