चार दलबीचको सहमतिप्रति राप्रपा नेपालको प्रतिक्रिया

२६ जेष्ठ २०७२, मंगलवार २२:४६ मा प्रकाशित

काठमाडौँ, २६ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले संविधान लेखनलाई अघि बढाउने क्रममा प्रमुख चार दलको मात्र निर्णय लाद्न खोज्दा अन्य दलका ‘एजेण्डा’ ओझेलमा परेको बताउनुभएको छ ।

संविधानसभाको आजको बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीको जिज्ञासामा उहाँले संविधानसभालाई पूर्णरुपमा उपेक्षा गरेर केही राजनीतिक दलले बाहिर गरेका निर्णयलाई लाद्न खोज्नु भनेको संविधानसभाको अबमूल्यन हो भन्नुभयो ।

मुलुकका जिम्मेवार राजनीतिक दलबाट यस किसिमको निर्णय हुनुले खासगरेर आम मतदाताको अपमान भएको पार्टीले ठहर गरेको बताउँदै अध्यक्ष थापाले समग्र मुलुक र जनताको हकअधिकारको पक्षमा राप्रपा नेपालले लोकतान्त्रिक ढङ्गले सधैँ आवाज उठाइरहने जानकारी दिनुभयो । रासस

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल-नेपाल समूहका नेताहरु निर्वाचन आयोग पुगेका छन् । पार्टीको नयाँ निर्णयबारे जानकारी गराउन र

खलङ्गा । जुम्ली मार्सी चामल र जैविक सिमीलगायत कृषिवस्तुका माग अन्तररष्ट्रिय बजारमा बढ्न थालेको छ । जिल्लाबाट पहिलोपटक रु छ

रुकुम (पूर्व) का कृषक ओखर खेतीतर्फ आकर्षित भएका छन् । प्रशस्त मात्रामा हाडे ओखर पाइने यस जिल्लाका कृषक पछिल्लो समय

काठमाडौं । नेकपा नामको विवादमा फैसला मिति सरेको छ । आफ्नो पार्टीको नामसँग मिल्दोजुल्दो नाम राखिएको भन्दै ऋषि कट्टेलले निर्वाचन