सोह्रबुँदे सहमति काँग्रेस र एमाले संसदीय दलद्वारा अनुमोदन

२६ जेष्ठ २०७२, मंगलवार २२:४४ मा प्रकाशित

काठमाडौँ, २६ जेठ । प्रमुख चार दलबीच भएको सोह्रबुँदे ऐतिहासिक सहमतिको नेपाली काँग्रेस र एमाले संसदीय दलको छुट्टाछुट्टै बैठकले स्वागत गर्दै यथाशीघ्र संविधान निर्माणमा जोड दिएका छन् ।

संविधानसभा भवनमा संसदीय दलका नेता एवम् प्रधानमन्त्री सुशील कोइरालाको सभापतित्वमा आज भएको काँग्रेस संसदीय दलको बैठकमा प्रधानमन्त्री कोइरालाले सोमबार राति चार दलबीच भएको सोह्रबुँदे सहमतिको बारेमा जानकारी गराउनुभएको थियो ।

बैठकले संविधान निर्माणका सम्बन्धमा भएको सो सहमतिका बारेमा छलफल गरी उक्त सहमतिलाई सर्वसम्मतिबाट अनुमोदन गर्ने निर्णय गरेको मुख्य सचेतक चीनकाजी श्रेष्ठद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

आजै संविधानसभा भवनमा भएको एमाले संसदीय दलको बैठकले पनि सोह्रबुँदे सहमतिको स्वागत तथा समर्थन गर्दै सहमतिअनुरुप सङ्क्षिप्त प्रक्रियामार्फत संविधानसभाबाट संविधान जारी गर्न आह्वान गरेको प्रमुख सचेतक अग्नि खरेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

बैठकले भूकम्पपीडित जनतालाई यथाशीघ्र उचित राहत तथा पुनःस्थापनाको व्यवस्था गर्न सरकारसँग माग गरेको विज्ञप्तिमा जनाइएको छ । साथै यथाशीघ्र संविधान जारी गर्न र भूकम्पबाट भएको क्षतिको नवनिर्माणका लागि राष्ट्रिय सहमतिको सरकार निर्माण गरी क्रियाशील रहन सबै दललाई आग्रह गरेको छ । रासस

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रतिनिधिसभा पुनर्स्थापना भएपछि प्रचण्ड नेपाल नेकपाको संसदीय दलको अनौपचारिक बैठक बसेको छ । सिंहदरबारस्थित नेकपा संसदीय दलको कार्यालयमा

काठमाडौं । नेपाल कम्युनिष्ट पाटी (नेकपा) दाहाल–नेपाल समूहका दुईजना अध्यक्षले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवासमा पुगेर भेटवार्ता गरेका छन्

जाजरकोट । जुनिचाँदे गाउँपालिकाले पाँच सय बढी सुत्केरी महिलालाई तेल, कुखरा र न्यानो कपडा वितरण गरेको छ । सुत्केरी आमासँग

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले सर्वोच्च अदालतले नेपाली जनतालाई न्याय दिएको टिप्पणी गर्नुभएको छ । न्यायालयले पञ्चायतको