प्रमूख चार राजनीतिक दल आठ प्रदेशमा सहमत

२५ जेष्ठ २०७२, सोमबार १३:०४ मा प्रकाशित

काठमाडौ, २५ जेठ । झन्डै आठ बर्ष लामो कसरत पछि प्रमुख चार राजनीतिक दल मुलुकको संघिय विभाजनका लागि आठ प्रदेशमा सहमत भएका छन् । आज विहान प्रधानमन्त्री निवास वालुवाटारमा बसेको चार दलका शीर्ष नेताहरुको बैठकमा संघीय नेपालको संरचनामा आठ प्रदेश कायम गर्ने सैद्धान्तिक सहमति भए पनि प्रदेशको नाम र सीमा भने आज साँझ बस्ने बैठकले तय गर्ने गरि बैठक टुंगिएको थियो । बैठकमा सहभागी एक नेताले दिएको जानकारी अनुसार आज साँझ ५ बजे बस्ने बैठकले सीमा र नाम टुंग्याउने गरी बिहानको बैठक सकिएको थियो । आज बिहानको बैठकमा प्रधानमन्त्री तथा कांग्रेस सभापति सुशील कोइराला, एमाले अध्यक्ष केपी ओली, एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल तथा मधेशी जनाधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदार लगायतका शिर्ष नेताहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संसद अधिवेशन आव्हान गरेकी छन् । सोमबार बसेको मन्त्रिपरिषद बैठकको सिफारिस गरेअनुसार राष्ट्रपति भण्डारीले फागुन

डोटी । जिल्लामा एघार प्रतिशत किशोरी उमेर नपुग्दै गर्भवती हुने गरेको पाइएको छ । जिल्ला स्वास्थ्य कार्यालयको तत्थ्याङ्कअनुसार जिल्लाभरका स्वास्थ्य

योङ स्टार क्लबद्वारा सञ्चालित सामुदायिक रेडियो सोलु एफएमका कार्यालयमा आगलागी भएको छ । आज विहान लागेको आगलागी नियन्त्रणमा आइसकेको रेडियो

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार पोखरामा गण्डकी प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्नुहुने भएको छ । पार्टीको प्रदेश कमिटीले