राष्ट्रपतिद्धारा सम्पत्ति सुद्धिकरण सहितका दुई विवादि अध्यादेश जारी

४ असार २०६९, सोमबार १२:४६ मा प्रकाशित

काठमाडौ, ३ असार । राष्ट्रपति डा रामबरण यादवले सरकारले पेश गरेको सम्पत्ति सुद्धिकरणसहित दुई वटा अध्यादेश जारी गरेका छन् ।
राष्ट्रपतिले आज सम्पत्ति सुद्धिकरण सहित पारस्परिक कानूनी सहायता सम्बन्धीत अध्यादेश अनुमोदन गरी जारी गरेका हुन ।
हिजो प्रधानमन्त्री डा बाबुराम भट्टराईले सम्पत्ति सुद्धिकरण सम्बन्धी अध्यादेश अनुमोदन गर्न राष्ट्रपति डा रामबरण यादवसमक्ष अनुरोध गरेका थिए । सो विधेयक पारित नभए मुलुक अन्तर्राष्ट्रिय स्तरमा कालोसुचिमा पर्ने सम्भावना थियो ।
राष्ट्रपति कार्यालयले राष्ट्रले अन्तर्राष्ट्रिय समूदाय समक्ष गरेको प्रतिबद्धता र राष्ट्रिय हितलाई ध्यानमा राखेर अध्यादेश जारी गरेको राष्ट्रपति कार्यालय स्पष्ट पारेको छ । प्रतिपक्षी दलहरु नेपाली काग्रेस र एमालेले भने अध्यादेश जारी नगर्न राष्ट्रपतिलाई दवाव दिदै आएका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

रामेछाप । रामेछापको सुनापातीमा यात्रु बाहक बस लुभुखोलामा दुर्घटनामा परेको छ ।  दुर्घटनामा  कम्तिमा ९ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । उद्धारकार्य जारी रहेकाले

काठमाडौं।उपत्यकाको सुरक्षा केन्द्र सरकार मातहत राख्ने विषयमा दलहरू विभाजित भएका छन् । सिंहदरवारस्थित राज्य व्यवस्था तथा सुशासन समितिको सभाकक्षा सोमबार भएको

झापा । पूर्वी नाका काँकडभिट्टा भएर कृषिजन्य वस्तुको निर्यातभन्दा आयात वढी भएको छ । चालु आर्थिक वर्षको ११ महिनामा सो

मुगु । नेपाल विद्युत प्राधिकरणले कर्णाली प्रदेशको मुगु जिल्लामा २९९० मिटर उचाइमा अवस्थित रारा ताल क्षेत्रमा विद्युत पुर्‍याएको छ ।