फिफा अध्यक्ष ब्लाटरद्वारा राजीनामा

१९ जेष्ठ २०७२, मंगलवार २३:३० मा प्रकाशित

जुरिच, १९ जेठ । सेफ ब्लाटरले फुटबलको सर्वोच्च निकाय फिफाको अध्यक्षबाट राजीनामा दिएका छन् ।
सन् १९९८ देखि अध्यक्ष रहँदै आएका ब्लाटर शुक्रबार पाँचौ पटक फुटबलको सर्वोच्च निकाय फिफाको अध्यक्ष चुनिएका थिए ।
अध्यक्ष पदको निर्वाचन अघि फिफाका वर्तमान र पूर्व ७ अधिकारीलाई भ्रष्टाचार र घुस लेनदेन प्रकरणमा पक्राउ गरिएको थियो ।
फिफाको मुख्यालय जुरिचमा मंगलबार आयोजित पत्रकार सम्मेलनमार्फत ब्लाटरले पद छोडेका हुन् ।
फिफालाई आफूले धेरै मायाँ गर्ने बताउँदै ७९ वर्षीय ब्लाटरले भने, ‘मैले मेरा ४० वर्ष फिफाका लागि दिएँ । म अरु सबैभन्दा बढी फिफालाई माया गर्छु,’ उनले अगाडि भने, ‘म सँधै राम्रो गर्न चाहन्थेँ र त्यसैका लागि यसपाली पनि उम्मेदवारी दिएको हुँ ।’
​आफू सबैं फुटबल प्रेमीको अध्यक्ष भएको भन्दै उनले फिफा अध्यक्षको चुनावका लागि विशेष अधिवेशन बोलाउने बताए ।
चुनावी झन्झटबाट आफू मुक्त भएको भन्दै ब्लाटरले भने.‘म अब अध्यक्षमा लडदिनँ । चुनावी झण्झटबाट मुक्त भएको छु ।’
उनले जाँदा जाँदै आफूले फुटबलमा सुधारका धेरै कुराहरू गरेपनि त्यो अप्रयाप्त भएको बताए ।

प्रतिक्रिया
सम्बन्धित खवर

लन्डन । इंग्लीश प्रिमियर लिग फुटबलमा एभर्टनले साउथह्याम्पटनलाई १–० ले हराएको छ । गएराति आफ्नै मैदानमा भएको खेलमा एभर्टनलाई विजयी

लन्डन । इंग्लीश प्रिमियर लिग फुटबलमा गएराति लिभरपुल, आर्सनल र टोटनह्याम हट्सपर विजयी भएका छन् । शिर्ष क्लबहरु चेल्सी र

म्याड्रिड । स्पेनिस लिग फुटबलमा उपाधि दाबेदार बार्सिलोनाले सेभियालाई २–० ले हराएको छ । सेभियाको मैदानमा बार्सिलोनालाई जित दिलाउन कप्तान

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछाने पाकिस्तान सुपर लिग (पिएसएल) खेल्न हिजो शनिबार त्यसतर्फ उड्नुभएको छ