संविधान जारीका लागि चार शक्ति सहमति नजिक

१९ जेष्ठ २०७२, मंगलवार २३:२६ मा प्रकाशित

काठमाडौँ, १९ जेठ । संविधान निर्माण, विपद् व्यवस्थापन र राष्ट्रिय सहमतिको सरकार गठनलगायत विषयमा छलफल गर्दै आएका चार प्रमुख राजनीतिक शक्ति सहमति नजिक पुगेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा नेपाली काँग्रेस, नेकपा ९एमाले०, एकीकृत नेकपा९माओवादी० र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका शीर्ष नेताबीचको आज भएको दोस्रो बैठकमा संविधान जारी गर्ने मिति तय नभए पनि सहमतिका आधारमा संविधान जारी नगरी राष्ट्रिय एकता र सङ्कट समाधान नहुनेमा सिद्धान्ततः सहमति भएको जनाइएको छ ।

बैठकपछि मधेसी मोर्चाका संयोजक विजयकुमार गच्छदारले नमिलेका कुरा जस्तै सङ्घीयतामा ६ वा ७ प्रदेशमा जाने, निर्वाचन प्रणालीको समानुपातिक र प्रत्यक्षलाई ६०÷४० को अनुपात बनाउने विषयमा सकारात्मक कुराकानी भएको बताउनुभयो ।

उहाँले बुधबार आफ्ना पार्टीभित्र तथा द्विपक्षीय छलफल गरी जेठ २१ भित्र सहमति गरिने बताउनुभयो ।

यसैबीच, संविधान निर्माणका विषयमा पार्टीको धारणा तय गर्न आज बस्ने भनिएको एमाले स्थायी कमिटीको बैठक चार शक्तिको बैठकका कारण स्थगित भएको छ । रासस

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । सरकार र विप्लव समूहबीचको औपचारिक वार्ता आजदेखि सुरु भएको छ । आज बिहान दुवै समूहको पहिलो चरणको औपचारिक

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल-नेपाल समूहले आज बुधबार दिनभर बैठकैबैठक राखेका छन् । कसरी अघि बढ्दा प्रधानमन्त्री ओलीलाई

वर्षौँदेखि कालीगण्डकी नदीको अवैधरूपमा दोहन हुँदै आएको छ । देश सङ्घीयतामा गइसकेपछि गण्डकी प्रदेश सरकारले नदीजन्य पदार्थको उत्खनन तथा निकासी

टीकापुर । सन्तानको रहर पुगेकाहरुका लागि सञ्चालन गरिएको स्थायी बन्ध्याकरण शिविरमा दुई दिनमा ४६ जनाले सेवा लिएका छन् । पहिलो