सवारी दुर्घटना ३ जनाको मृत्यु, १२ भन्दा बढी घाइते

४ असार २०६९, सोमबार ०९:०५ मा प्रकाशित

कैलाली, ४ असार । गएराति अत्तरिया महेन्द्रनगर सडकखण्डको वाणी जंगलमा सवारी दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने १२ जना भन्दा बढी घाइते भएका छन् ।  दुर्घटनामा परेर ट्याक्टरमा सबार कञ्चनपुर देखतभूली ६ का ३६ वर्षका साहेबा राना,  ३४ वर्षीया  सोमली राना र उहाँका १३ बर्षका छोरा निबास रानाको मृत्यु भएको प्रहरीले जनाएको छ । महेन्द्रनगरबाट धनगढीतर्फ जादै गरेको म १ ख ४१६ नंम्बरको बस र बिपरित दिशाबाट आउदै गरेको से १ त १६९८ नंम्बरको ट्याक्टर  ठोक्कीदा दुर्घटना भएको हो ।  दुर्घटनामा गंभिर घाईते भएका ४ जनालाई भारतको पिलिभित रिफर गरिएको छ भने अन्य घाईतेहरुको कैलालीको पदमा अस्पतालमा उपचार भइरहेको छ । मृतकहरुको शव पोष्टमार्टमका लागि राति नै सेती अञ्चल अस्पताल धनगढी लगिएको छ । दुर्घटनाको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपालमा गत २४ घण्टामा ७३६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । १९ हजार ५ सय ३९

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लिएको सफतविरुद्ध सर्वोच्चमा रिट पेश भएको छ । प्रधानमन्त्री ओलीलाई शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले

काठमाडौँ । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले ओमानको मस्कटबाट ५६० थान अक्सिजन सिलिण्डर ल्याएको छ । गैरआवासीय नेपाली

काठमाडौं । नेपाल पत्रकार महासंघ च्यानल नेपाल शाखाका अध्यक्ष शान्तिराम कार्कीको कोरोना संक्रमणबाट निधन भएको छ । दुई सातादेखि काठमाडौंको