माउन्टेन एयरको हेलिकप्टर दुर्घटनामा चारको मृत्यू

१९ जेष्ठ २०७२, मंगलवार २३:२० मा प्रकाशित

चौतारा, १९ जेठ । भूकम्पपीडितका लागि काठमाडौँबाट राहत सामग्री लिएर दोलाखातर्फ उडेको माउन्टेन एयरको हेलिकप्टर आज अपराह्न सिन्धुपाल्चोकको यमुनाडाँडा–८ शिला पर्वतको जङ्गलमा दुर्घटना भएको छ ।

दुर्घटनाको खबर प्राप्त हुनासाथ बाह्रबिसेबाट प्रहरी निरीक्षकको नेतृत्वमा उद्धारकर्मीको टोली घटनास्थलतर्फ परिचालन गरिएको सिन्धुपाल्चोकका प्रहरी प्रमुख दीपकराज खरेलले राससलाई बताउनुभयो ।

दुर्घटना हुँदा चालकदलका सदस्यसहित चार जनाको मृत्यु भएको छ ।

माउन्टेन एयरको ‘अल्फा ३५० ९ एनजेपी’ सो हेलिकोप्टर बिजुलीको हाइटेन्सन लाइनमा ठोक्किदा क्याप्टेन सुदेक श्रेष्ठसहित चार जनाको मृत्यु भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका नायब महाप्रबन्धक वीरेन्द्र श्रेष्ठले बताउनुभयो ।

हेलिकप्टर दुर्घटनामा डच नागरिक जेनिकको मृत्यु भएको र अन्य दुई जनाको सनाखत हुन सकेको छैन । दुर्घटनाग्रस्त हेलिकप्टरमा आगो लागेको थियो । दुर्घटनामा ज्यान गुमाएकाहरुको शव हेलिकप्टरबाट आजै काठमाडौँ लगिएको छ । रासस

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । संयुक्त राष्ट्रसंघको विकास नीतिसम्बन्धी समितिले नेपाललाई अति कम विकसित राष्ट्रबाट स्तरोन्नति गर्न सिफारिस गरेको छ । फागुन १०

नेपाल फ्रान्स कुटनीतिक सम्बन्ध स्थापनाको ७०औ वर्षगाँठको उपलक्ष्यमा प्रकाशित स्मारिका “कर्म” को नेपालस्थित फ्रान्सेली राजदूत फ्रन्स्वा जाभिए लेजेर पेरिसस्थित नेपाली

काठमाडौं । पूर्वमन्त्री कुबेर शर्माको निधन भएको छ । २०५९ सालमा पर्यटनमन्त्री भएका शर्माको ८४ वर्षको उमेरमा शुक्रबार काठमाडौंमा निधन

काठमाडौं । सरकारले फागुन २३ गते प्रतिनिधिसभाको बैठक बोलाउन सिफारिस गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार साँझ